३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतसँग दीर्घकालीन विद्युत् व्यापारको प्रयास गरिने

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा भारतसँग दीर्घकालीन विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न प्रयास गरिने भएको छ।

नेपालले भारतसँग दीर्घकालीन रूपमा विद्युत् खरिद बिक्री सम्झौताको पहल गरिरहेको छ। भारतीय पक्ष भने अहिलेसम्म दीर्घकालीन सम्झौता गर्न तयार भइसकेको छैन। प्रधानमन्त्री दाहालले बुधबारदेखि चार दिनको लागि भारत भ्रमणमा जाँदैछन्।

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको भारत भ्रमणका दौरान नेपाल र भारतबीच दीर्घकालीन विद्युत् खरिद बिक्री सम्झौताको प्रयास गरिने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा भारतसँग दीर्घकालीन विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न प्रयास गरिने भएको छ।

‘नेपालमा विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि गर्न र नेपालमा उत्पादन भएको बिजुली बिक्री हुने गरी बजार सुनिश्चित गर्न भारतसँग लङटर्म पावर डिल गर्ने कोसिस गरिरहेका छौं।’ परराष्ट्र मन्त्री साउदले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘नेपालमा खर्बाै रूपैयाँ विद्युत्क्षेत्रमा लगानी गरिसकेपछि त्यसको उत्पादन बेच्न सकिन्छ भन्नेमा लगानीकर्ताहरू आश्वस्त हुन सकुन् भन्ने रहेको छ।’

परराष्ट्र मन्त्री साउदले जलविद्युत् परियोजनामा भारतीय लगानीलाई आकर्षित गर्न अधिकतम प्रयास गरिने बताए।

‘प्रधानमन्त्रीको भ्रमणको क्रममा नेपालका जलविद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने प्रयास गरिनेछ,’ उनले भने, ‘नेपाल भारत अन्तरदेशीय प्रसारण लाइन निर्माण गरेर विद्युत् व्यापारको लागि वातावरण बनाउने भूमिका खेल्नेछ।’

परराष्ट्र मन्त्री साउदले जलविद्युत् परियोजनामा भारतीय लगानीलाई आकर्षित गर्न अधिकतम प्रयास गरिने बताए।

प्रधानमन्त्रीको भ्रमणको क्रममा भारतमा मात्रै नभएर बंगलादेशमा पनि विद्युत् व्यापार गर्न आवश्यक आधार तय गर्ने योजना पनि बनाइएको उनले बताए। ‘नेपालको विद्युत् क्षेत्रमा लगानी अभिवृद्धिको साथै नेपालमा उत्पादन भएको बिजुलीलाई बजारीकरण गर्ने विषय पनि भ्रमणको क्रममा छलफल हुनेछ’ उनले भने।’

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र परराष्ट्रमन्त्री एनपी साउद पनि जाने कार्यक्रम तय भएको छ।

प्रकाशित: १७ जेष्ठ २०८० ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App