७ पुस २०८१ आइतबार
image/svg+xml

टेलिकम नेटवर्कबाट सरकारी वेबसाइट उपभोग गर्दा पैसा नलाग्ने

नेपाल टेलिकमले नेपाल सरकार सञ्चालित वेबसाइटहरू निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ। टेलिकमले वैशाख १ गतेदेखि सरकारबाट सञ्चालित ‘डट जिओभि डट एनपी’ डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइटहरुलाई जीएसएम मोबाइल सेवाबाट निःशुल्क उपभोगर गर्न पाउने बनाएको हो।

मतदाता नामावली वेबसाइटमा

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन पाउने एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाको फोटोसहितको मतदाता नामावली विवरण सार्वजनिक गरेको छ।

यसरी हेर्न सकिन्छ वेबसाइटमा अन्तिम मतदाता नामावली

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई आइतबार राति आयोगको वेबसाइटमा राखेको छ। स्थानीय तहको निर्वाचन वैशाख ३१ गते आइतबार तोकिएको छ।

लोकसेवा आयोगको वेबसाइट डाउन, नासुको फारम भर्ने समय थपिने

नायब सुब्बा (नासु) को लागि अावेदन दिने मिति सकिन एक दिन बाँकी रहँदा सोमबार लोक सेवा आयोगको वेब साइट डाउन भएको छ।

ट्रम्पको जितले क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास

अमेरिकी राष्ट्रपति चुनाबको मतगणनामा भइरहँदा अमेरिकीहरुले क्यानडा सर्ने निवेदनमा तीब्रता दिए। ट्रम्प विजय हुने सुनिश्चित हुँदै गएपछि अमेरिका छोडेर क्यानडा बसाइँ सर्न चाहने अमेरिकीहरु यति धेरै भए कि आवेदन ट्राफिक धान्न नसक्दा क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास हुन पुग्यो।

चीनमा ३ हजार ६ सय वेबसाइट बन्द, गलत सूचना फैलाएकाे भनाइ

बेइजिङ (चीन)– चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६ सय १२ वेबसाइटलाई बन्द गराएको छ। यीमध्ये ८ सय ११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ।

अख्तियारको वेबसाइट ह्याक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ ।उक्त वेभसाइट ल्याटिनो सवर एण्ड एण्ड एक्स वारियर टिएन ट्यिुनिसिया साइबर रेसिडेन्स अल फलगा टिमले ह्याग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्