९ आश्विन २०८१ बुधबार
image/svg+xml

वीर अस्पतालमा बेड र क्याबिन मिलाइदिने बिचौलियाको बिगबिगीः सांसद प्रधान

नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले वीर अस्पतालमा सेवाग्रहीहरुले विभिन्न किसिमका अड्चन र समस्याहरु व्यहोर्नुपरेको बताएका छन्।

एमालेको आरोप: अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागाभाग

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै ज्ञवालीले भने, ‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे। तर, अहिले सचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो ।

आयोगले लिने लोकसेवा परीक्षा व्यवस्थित बनाउन माग

नेकपा (एकीकृत समाजवादी)की सांसद डा. पुष्पाकुमारी कर्ण कायस्तले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी छनौटका लागि लोकसेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।

सरकार प्रवासीको मतदान अधिकार सुनिश्चित गर्न गम्भिर भएनः दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन घोषण भइसक्दा पनि सरकारले प्रवासी नेपालीहरुको मतदानको अधिकारी सूनिश्चित गर्ने काम नगरेको भन्दै आपत्ति जनाएकी छिन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाकाे रुपमा लियोः योगेश भट्टराई

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रुपमा बुझिरहेका आरोप लगाएका हुन्।

राष्ट्रपतिबाट डा. गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छिन्।

सरकारले प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर देश द्वन्द्वतिर धकेल्योः रावल

सांसद रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए। उनले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरुलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको बताए।

अकासिँदो महँगीले भ्रष्टाचार मौलायो

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसदले पेट्रोलिय पदार्थको मूल्य दुईपटक घटेर आए पनि सरकारले समायोजन नगरेको भन्दै आलोचना गरेका छन्।

देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको छः डा. भीम रावल

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)देखि लिएर, एमसीसीदेखि लिएर भर्खरै केही समय अगाडि माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौंताको ठाडो उलंघन गरेर सरकारले कुनै हिच्किचाहट नगरी २ वर्ष म्याद थप गर्ने जस्ता राष्ट्रिय स्वाधिनतामाथि नै प्रहार गर्ने काम भइरहेको उल्लेख गर्दै नेता रावलले त्यस्ता व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने पनि बताए।

'बलात्कार आरोपी सिद्धबाबालाई मन्त्रीले भेटेपछि नेपाली महिलाले के सोच्ने?'

'सिद्धबाबा भनेर चिन्ने गरिएको छ। ती व्यक्ति जोडिएको जहाँ हाम्रो सरकारका मन्त्री, महान्यायाधिवक्ता समेत सो महायज्ञमा गएर आफ्नो उपस्थिति जनाउँदाखेरी यो मुलुकका नेपाली महिलाहरुले, नेपाली जनताहरुले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले?'

यौनजन्य हिंसाका अपराधीलाई छुट दिनु हुँदैनः सांसद दाहाल

'कारागारमा राख्ने अपराधीहरुको स्थानहरु जुन उमेर छ, उमेरको हिसाबले छुट गर्ने व्यवस्था गरिएको छ। खासगरी यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिइनु हुँदैन।'

'प्रधानसेनापति अस्ट्रेलियाको कार्यक्रममा सहभागि सम्बन्धी सरकारले जवाफ दिनुपर्छ'

कुरा के हो? एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु।'

'पासपोर्ट बनाउन बिचौलियालाई घुस दिनुपर्ने अवस्था तत्काल रोकियोस्'

बिचौलियाको सेटिङमा काम गर्ने कर्मचारीलाई कारबाही गरी सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउन सरकारसँग माग गरे।

एसइईको नतिजा छानबिन गर्नुपर्छ: सांसद पन्थ

'कमजोर ग्रेड ल्याउनेहरु लाखौँलाई हातमा के छ उनीहरुको लागि सरकारसँग? बेरोजगार बढाउने हो कि? पासपोर्ट थमाउने हो कि? सिप, तालिम, प्रविधि के छ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

'मापदण्ड विपरीत बनाइएका पोखरा फेवाताल परिवरीका घर नियमन गरी भत्काइयोस्'

‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन्। कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन्। त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्