१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेको आरोप: अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागाभाग

फाइल तस्बिर।

नेकपा एमालेका उपमहासचिव समेत रहेका सांसद प्रदिप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागाभाग भएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै  ज्ञवालीले भने, ‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे। तर, अहिले सचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो । मन्त्रालयमा सचिव भागाभागको अवस्था  सिर्जना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रतिउत्पादक अवस्था बनेको छ।' 

प्रकाशित: २२ श्रावण २०७९ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App