४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार प्रवासीको मतदान अधिकार सुनिश्चित गर्न गम्भिर भएनः दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन घोषण भइसक्दा पनि सरकारले प्रवासी नेपालीहरुको मतदानको अधिकारी सूनिश्चित गर्ने काम नगरेको भन्दै आपत्ति जनाएकी छिन्।

प्रवासीहरुको मतदानको अधिकार कुण्ठित भएको र सरकार यस विषयमा गम्भिर नभएको उल्लेख गर्दै आइतबारको प्रतिनिधिसभा बैठकमा भनिन,‘ प्रवासीको मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदातले निर्देशन दिएको वर्षौं भइसक्यो, निर्वाचन आयोगले पनि आफ्नो दस्तावेजमा प्रवासीलाई मतदानको अधिकार दिनुपर्ने उल्लेख गरिसकेको छ। तर सरकारले अहिलेसम्म कुनै व्यवस्थापन गरेको छैन।’

पौडेलले निर्वाचन घोषणा भइसकेको अबको अवस्थामा प्रवासीलाई मतदानको अधिकारी सुनिश्चित गर्ने गरी योजना बढाउन सरकारसँग माग गरिन्। उनले आफ्नो पार्टीले मतदान अधिकारका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराएको र ज्ञापनपत्र समेत बुझाएको उल्लेख गरिन् ।

प्रकाशित: २२ श्रावण २०७९ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App