५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एसइईको नतिजा छानबिन गर्नुपर्छ: सांसद पन्थ

फाइल तस्बिर।

राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले एसइई परीक्षामा विद्यालयले मूल्यांकन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्यांकन गर्दा ४२ जनाले मात्रै ल्याएको भन्दै बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक हो भन्नेमा छानबिन गर्नुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरुलाई सरकारले अध्ययन बाहेक के अवसर दिने भन्ने प्रश्न गरे।

उनले भने, ‘विद्यालयले मूल्यांकन गर्न जिपिए ४ ल्याउने ९ हजार बढी थिए। बोर्डले परीक्षा लिदाँ ४२ जना मात्रै भए। किन यस्तो भयो? कहाँ, किन र कसरी यो फरक परेको हो? ४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठिक हो कि, विद्यालय ठिक हो कि, बोर्ड ठिक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस्। राम्रो जिपिए र ग्रेड ल्याउनेहरुलाई हातमा सर्टिफिकेट र उच्च शिक्षाको अवसर छ। तर कमजोर ग्रेड ल्याउनेहरु लाखौँलाई हातमा के छ उनीहरुको लागि सरकारसँग? बेरोजगार बढाउने हो कि? पासपोर्ट थमाउने हो कि? सिप, तालिम, प्रविधि के छ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: १२ श्रावण २०७९ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App