राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधानसेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गरेकी छन्।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले कोभिड १९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराइन्।
उनले भनिन्, ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ। कुरा के हो? एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु। कोभिड–१९ को नयाँ भेरियन्ट बढीरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ। यसतर्फ सरकार गम्भीर हुन म आग्रह गर्न चाहन्छु।’
प्रकाशित: १२ श्रावण २०७९ ०८:२८ बिहीबार