२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वीर अस्पतालमा बेड र क्याबिन मिलाइदिने बिचौलियाको बिगबिगीः सांसद प्रधान

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले वीर अस्पतालमा सेवाग्रहीहरुले विभिन्न किसिमका अड्चन र समस्याहरु व्यहोर्नुपरेको बताएका छन्।

उनले आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै अस्पतालको व्यवस्थापन असक्षम भएपछि सेवाग्रहीहरुले धेरै समस्या भोग्नुपरेको र भौतिक पूर्वाधार तथा सेवाको स्तर खस्किदै गएको बताए।  

‘अस्पतालमा भर्ना भएका जेष्ठ नागरिकहरुले सहुलियतमा उपचार पाएका छैनन। इमजेन्सीमा भर्ना भएका बिरामीले बेड पाउँदैनन। बेड मिलाइदिने बिचौलियाहरुको इमरजेन्सी अगाडी बिगबिगी छ। बेड नपाएपछि बिरामीका आफन्तहरुले माननियहरुलाई फोन गर्छन। बिचौलियाहरुले ५ हजार रुपैयाँ माग्छन र क्याबिन मिलाइदिने आश्वासन दिन्छन’, प्रधानले भने।  

उनले अस्पतालको नयाँ भवन बनको दुई वर्ष नपुग्दै पानी चुहिन लागेको र पानीका धाराहरु फुटिसकेको अवस्था रहेको उल्लेख गरे। ‘इमरजेन्सी अगाडी प्रतिघण्टा २५ रुपैयाँ तिर्नुपर्छ। इमरजेन्सी अगाडी सधै पानी जमेर पोखरी बन्छ। अब चिकित्सकहरुले अस्पतालको व्यवस्थापन गर्न सक्दैनन’, प्रधानले भने।  

उनले अस्पताल व्यवस्थापनका लागि व्यवस्थापनमा स्नाकोत्तर गरेका व्यक्तिलाई प्रमुख कार्यकारी बनाएर अस्पताल व्यवस्थापनको जिम्मा दिन सरकारसँग आग्रह गरे।

प्रकाशित: २२ श्रावण २०७९ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App