३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

'मापदण्ड विपरीत बनाइएका पोखरा फेवाताल परिवरीका घर नियमन गरी भत्काइयोस्'

राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले फेवाताल परिवरीका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरीत बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गरेका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराइ अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताए।

उनले भने, ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन्। कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन्। त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस्। यसैगरी अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराइ अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराइयोस्। तालै तालको शहर पोखराको सुन्दरतालाई जोगाइयोस्। फेवातालको सिरानमा वाटर स्पोर्टस्का लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ्रे अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस्।’

प्रकाशित: १२ श्रावण २०७९ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App