२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले दिएका सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।

राष्ट्रिय सभाको बैठक बस्दै

आज बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

डेंगु नियन्त्रणका लागि राष्ट्रिय सभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि किटनाशक औषधीहरु छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। उनले भनिन्, ‘देशमा एउटा रोगकै रुपमा डेंगु फैलिएको छ।

सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा मानेनः खिमलाल भट्टराई

‘मेरो विचारमा राष्ट्रपति देशको एउटा सर्वोच्च संस्था हो। गणतन्त्रको प्रतिक हो। र राजनीतिक प्रतिद्वन्दीता भन्दा माथिको संस्था हो यो। र यो स्वरुपमा व्यक्ति भएपनि सारमा यो एउटा संस्थाको रुपमा रहेको हुन्छ। आजको सत्तापक्षले, यो गठबन्धनले, सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार गरिराखेको छ कि छैन? मैले हेर्दा संस्थाको रुपमा व्यवहार गरेको देखिराखेको छैन।'

'नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन ६ महिना पनि कुर्न नसक्ने?'

भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिनभने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे। उनले यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध बढ्ने बताए।

'प्रधानसेनापति अस्ट्रेलियाको कार्यक्रममा सहभागि सम्बन्धी सरकारले जवाफ दिनुपर्छ'

कुरा के हो? एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु।'

'पासपोर्ट बनाउन बिचौलियालाई घुस दिनुपर्ने अवस्था तत्काल रोकियोस्'

बिचौलियाको सेटिङमा काम गर्ने कर्मचारीलाई कारबाही गरी सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउन सरकारसँग माग गरे।

'मापदण्ड विपरीत बनाइएका पोखरा फेवाताल परिवरीका घर नियमन गरी भत्काइयोस्'

‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन्। कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन्। त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस्।'

बसोवासलाई सुरक्षित बनाउन राष्ट्रिय मापदण्ड आवश्यक छः सांसद अर्याल

नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले बसोवासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताएकी छन्।

आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ नगर्नुस्ः सांसद आले

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ गर्नु नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्