१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बसोवासलाई सुरक्षित बनाउन राष्ट्रिय मापदण्ड आवश्यक छः सांसद अर्याल

नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले बसोवासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताएकी छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले वर्षा यामको समयमा बाढी तथा पहिरोका कारण धेरै अव्यवस्थित बसोवासलाई बगाउने र ठूलो जनधनको क्षति हुने भएकाले बसोवासलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय मापदण्ड बनाउनुपर्ने बताएकी हुन्।

उनले सुरक्षित वासस्थानको लागि राष्ट्रिय मापदण्डसहितको नक्शांकन गर्नुपर्ने बताइन्। सो मापदण्डलाई पालिकाहरुले कार्यान्वयन गराउने उनको भनाइ छ। यसो गर्न सकेमा वर्षा याममा हुने जनधनको क्षति रोक्न सकिने उनले उल्लेख गरिन्।

सांसद अर्यालले सडकपेटीमा बसेर व्यापार गर्नेहरुको जीविकोपार्जनका लागि सरकारले सहज वातावरण तयार गरिदिनुपर्ने बताइन्। उनले बढ्दो सडक दुर्घटनालाई रोक्नका लागि पनि राष्ट्रिय नीति नै आवश्यक रहेको बताइन्। भएका नीति, नियमको पनि कडाइका साथ पालना गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रकाशित: २३ असार २०७९ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App