१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

डेंगु नियन्त्रणका लागि राष्ट्रिय सभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।  

शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि किटनाशक औषधीहरु छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। उनले भनिन्, ‘देशमा एउटा रोगकै रुपमा डेंगु फैलिएको छ। डेंगुलाई निराकरण गर्नका लागि खालि पानी जम्न नदिने भनेर मात्रै पुग्दैन। त्यसलाई किटनाशक औषधीहरु छरेर रोग निराकरणका लागि पहल होस् भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु।  

यस्तै राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले पनि डेंगु नियन्त्रणमा सरकारले ध्यान नदिएको बताइन्। उनले डेंगु नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन्।

राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले बाढीपहिरो, डेंगु र कोरोनाबाट सिर्जित समस्या समाधानका लागि सरकारले विशेष कदम चाल्नुपर्ने बताए।

प्रकाशित: ३० भाद्र २०७९ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App