३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

फाइल तस्बिर।

राष्ट्रिय सभाको बैठक आज बस्दैछ। राष्ट्रिय सभाको १३औँ अधिवेशनको नवौँ बैठक आज दिउँसो १ बजेर बस्ने संसद सचिवालयले जनाएको छ।

आज बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन, २०७९ सभासमक्ष पेश गर्नेछिन्।

यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App