१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘अनुसन्धानमा प्रहरीको लापरबाही’

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले लिए सपथ

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मिश्रले आज नै सपथ लिने

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा नाम अनुमोदन भएपछि ओमप्रकाश मिश्रलाई आजै पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम रहेको छ।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रकाे नाम अनुमाेदन (भिडियाे)

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

संसदीय सुनुवाइको समीक्षा

कायम मुकायम प्रधान न्यायाधीश ओमप्रकाश मिश्रमाथि संसदीय सुनुवाइ विशेष समितिले सोमबार सुनुवाइ गर्दैगर्दा सुनुवाइको सार्थकता र सुधार सार्वजनिक चासोको विषय बनेको छ।

धानबारीमा महिलाको शव फेला

सर्लाहीको सदरमुकाम मलंगवा स्थित धानखेतको बीचमा महिलाको शव फेला परेको छ। सदरमुकाम मलंगवा स्थित गणेशीयाबाट मुसैली जाने सडकखण्ड नजिक मलंगवा नगरपालिका–७ स्थित धानखेतको आलीमा घोप्टो परेको अवस्थामा आइतबार साँझ सबा ७ बजे महिलाको शव फेला परेको हो। करिब ३० वर्षीय महिलाको शव फेला परेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

प्रस्तावित प्रधानन्यायाधीश मिश्रमाथि संसदीय सुनुवाई हुँदै

संसदीय सुनुवाई समितिले आज प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रमाथि सुनुवाई गर्दैछ। मिश्रविरुद्ध ३ वटा उजुरी दर्ता भएको छ। सुनुवाई समितिले उजुरीमाथि सुनुवाई गरी मिश्रलाई अनुमोदन गर्ने कि नगर्ने निर्णय लिनेछ।

मौलिक हक कार्यान्वयनमा सरकार असफल

संविधानमा भएको व्यवस्थाअनुसार आगामी असोज ३ गतेभित्र मौलिक हक कार्यान्वयनका लागि कानुनी व्यवस्था गरिसक्नुपर्ने हुन्छ।

बिमस्टेकः गति र मति

अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम पक्ष यसका सदस्य राष्ट्र मिलेर अघि बढ्यौँ भने संसारकै लागि नमुना बन्न सक्छौँ भन्ने स्वीकारोक्ति हो। जसलाई सम्मेलनका क्रममा सबैजसो राष्ट्र प्रमुखले उल्लेख गरे।

प्रधानसेनापति थापालाई राष्ट्रपतिद्वारा दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शीतल निवासमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन्। थापाले आजबाट औपचारिकरुपमा प्रधानसेनापतीको कार्यभार सम्हालेका छन्।

ओली वंशको साधारणसभा प्रधानमन्त्री निवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ।

थप छानबिन सिआइबीलाई दिन सिफारिस

चर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित अनुसन्धान टोलीले त्यसको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिनुपर्ने सुझाव दिएको छ।

तत्कालका लागि चिनी आयात रोकिन्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्कालका लागि चिनी आयात रोकिने बताएका छन्। उखु उत्पादक किसान सङ्घ र चिनी मिलका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पाकिस्तानलगायत देशबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशी चिनीले प्रतिष्पर्धा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताए।

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन्।  इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्