१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते ( शनिबार) अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् ।

‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्न जटिल’

निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ।

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै बाँकेका नेतृ एवम् अधिकारकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्। प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत उनीहरुले सोमबार प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएका हुन्। निर्मला पन्तका हत्यारालाई चाडोभन्दा चाडो पत्ता लगाउनुपर्ने उनीहरुको माग छ।

गोविन्दाले भेटे प्रधानमन्त्री

नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री कपी ओलीसँग भेट गरेका छन्। ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुन नेपाल आएका उनले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। आजै स्वदेश फर्कने कार्यक्रम रहेका उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए।

संविधानबारे फोरमका दोहरो भूमिका

संविधान जारी भएको दिन असोज ३ लाई कसरी मनाउने भन्ने विषयमा सत्तारूढ दल संघीय फोरमले दोहारो भूमिकामा देखिएको छ।

कानुनको बाटो छाड्दिनँ : प्रधानन्यायाधीश

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले कानुनको बाटो आफूले कुनै पनि हालतमा नछाड्ने दृढता व्यक्त गर्दै त्यसो गर्दा बीचमै छाड्नुपर्ने अवस्था आए आफू तयार रहेको बताएका छन्।

हत्यारा ठम्याउने सहारा डिएनए परीक्षण

निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन।

अनुसन्धान जिम्मा कंचनपुर प्रहरीलाई

तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलगअलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ।

थप अनुसन्धानका लागि डिआइजीको संयोजकत्वमा अर्काे समिति गठन

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धान तथा छानविन गर्न अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरु बस्न्यातको संयोजकत्वमा एक समिति बनाएको छ। यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा बनेको समितिलाई समेत गाभेर डिआइजीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो।

प्रधानमन्त्रीको अभिव्यक्ति पछि समाजिक सञ्जालमा अरिंगाल चर्चा

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पोष्टबहादुर बोगटी स्मृति दिवसमा सरकार विरोधीविरुद्ध अरिंगालझै एक भएर झम्टिन नेता कार्यकर्तालाई निर्देशन दिए। तर उनको यो अभिव्क्ति आफै तर्फ फर्किएको छ। यतिबेला सामाजिक सञ्जालमा अरिंगललाई बिम्व बनाउँदै प्रधानमन्त्रीको भनाईबारे विभिन्न टिप्पणीहरु भइरहेका छन्।

शिक्षामा एक वर्षभित्र संख्यात्मक होइन गुणात्मक परिवर्तन हुन्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन्।

बुद्ध, पृथ्वीनारायण र बिपी मेरा अादर्श हुन् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको इतिहासमा गौतम बुद्ध, पृथ्वीनारायण शाह र बिपी कोइराला आफ्ना अादर्श व्यक्ति भएको बताएका छन्।

केमा अल्झियो सरकार?

समस्याका चाङ छन्। समाधान कतै देखिँदैन। मुलुक यस्तो ठाउँमा उभिएको छ, जहाँबाट समस्याकै पहिरोले पुर्ने हो कि भन्ने लाग्छ। राजनीतिक परिवर्तनका हिसाबले जे/जे अपेक्षा गरियो, सबै पूरा भएका छन्।

मौलिक हकसम्बन्धी विधेयक पारित गर्न हम्मे

संविधानबमोजिम आगामी असोज २ गतेभित्र संविधानको मौलिक हकसम्बन्धी विधेयक पारित गर्नुपर्ने अवस्था छ।

निर्मलाका हत्यारा अझै गुमनाम : न्याय माग्दै देशभर प्रदर्शन

निर्मला पन्तका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब दिन शनिबार मुलुकभर प्रदर्शन गरिएको छ। ‘सरकार!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्