६ आश्विन २०८१ आइतबार
image/svg+xml

नवौँ राष्ट्रिय खेलकुद: खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

'यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी तयार गर्नका लागि विशिष्ट योगदान गर्दछन्', उनले भने, 'प्रत्येक खेलाडीले प्रतियोगितामा आफूलाई योग्य सावित गर्दै खेल क्षेत्रको भविष्यका लागि अघि बढाउने यो महत्वपूर्ण अवसर हो।'

नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय टिमका खेलाडीहरु चम्किँदा बागमती र एनआरएनए विजयी

वागमती प्रदेशले पनि मधेस प्रदेशमाथि समान २–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेका हुन्। एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले समान एक/एक गोल गरे। एनआरएनमा राष्ट्रिय खेलाडी समावेश गरिएको भन्दै प्रदेश १ ले बिरोध जनाएपछि केही ढिला गरी शुरु भएको खेलमा सञ्जोगले नवांै मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए।

नवौं राष्ट्रिय खेलकुदको तयारी पूरा

पोखरामा बिहीबार भएको अन्तिम तयारी बारेको पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताए।

असोज मसान्तमा किस्ता नतिर्ने पोखराका पर्यटन व्यवसायीको घोषणा

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि पर्यटन क्षेत्र धराशायी बनेको भन्दै पर्यटन व्यवसायीले व्यवसायको नोक्सान बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र त्यसको ब्याज तिर्न सक्ने अवस्था नरहेको बताएका छन्। सरकारले पर्यटन व्यवसायको पूर्नउत्थानका लागि कुनै कदम नचालेको भन्दै व्यवसायीले असोज मसान्तमा तिर्नुपर्ने साँवा, ब्याज तथा कुनै पनि दायित्व तिर्न नसक्ने बताएका छन्।

महिला क्रिकेटः एपीएफ विजयी

पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रश्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो।

स्वर्णविजेतालाई पोखराको १५ हजार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकका रूपमा फेन्सिङका विजय अधिकारीले कांस्य पदक जितेका छन्।

नवौं राष्ट्रिय खेलकुदः पोखरा महानगरद्वारा पदक जित्ने खेलाडीलाई पुरस्कार दिने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकको रुपमा फेन्सिङका विजय अधिकारीले काँस्य पदक जितेका छन्। उनले काँस्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः डाँडा काट्न ढिलाई गर्दा ‘क्यालिब्रेसन फ्लाईट’ नै पछाडि धकेलियो

रिठ्ठेपानी डाँडा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि ‘एप्रोच’मा पर्छ। एप्रोचमा पर्ने त्यो डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइट पछाडि धकेलिएको छ। यसअघि अक्टोवरमा क्यालिब्रेसन फ्लाईट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताउँदै आएको थियो। तर, डाँडा कटान नहुँदा नोभेम्बर अन्तिम साता भन्दा अघि क्यालिब्रेसन फ्लाइट सम्भव नभएको प्राधिकरणले बताएको छ।

फेवातालको जलकुम्भी झार सफाइ अभियान सुरु

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो।

झरिका कारण पोखराबाट हुने एकसय उडान प्रभावित

लगातारको झरिले चारदिनदेखि पोखराको हवाई सेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्। पोखराटबाट विभिन्न गन्तव्यसम्म हुने हवाई उडान झरिका कारण चारदिनदेखि प्रभावित बनेको हो। झरिले गर्दा यो अवधिमा ठुला जहाजको कम्तिमा एकसय (एकतर्फी) उडान हुन सकेनन्।

भिजिबिलिटी नपुग्दा दुई दिनदेखि पोखराको हवाइसेवा अवरुद्ध

निरन्तरको झरिले पोखराबाट सबै सहरसँगको हवाई सेवा बिच्छेद भएको छ। दुइदिनदेखि पोखराबाट कुनैपनि हवाई उडान हुन सकेको छैन। पोखरामा मंगलबार रातीदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन। त्यसले गर्दा हवाई सेवा प्रभावित भएको पोखरा विमानस्थलले बताएको छ।

पोखरा रंगशालामा राष्ट्रिय प्रतियोगिता नहुने

रंगशालाको फुटबल मैदानमा राष्ट्रिय प्रतियोगिता खेलाउन नसक्नु आफैंमा विडम्बना हो। परिषदको असक्षमता प्रष्ट देखिन्छ। ठेकेदार कम्पनीले फुटबल मैदान छिर्ने मुलगेटमै तालाबन्दी गरेर राखेको छ। परिषदले राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल खेलाउन नसक्नु नेतृत्वको कमजोरी प्रष्ट हुन्छ। किन खेलाउन सकिएन भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। तर आम सर्वसाधारणले त्यसको ठोस उत्तर अझै पाएका छैनन्।

कोरोना बिर्साउने ‘दसैं बजार’ (फोटोफिचर)

यो पटक कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी चहलपहलयुक्त दसैं बनेको छ। बजारमा किनमेल गर्नेको भीडभाड छ। दुइवर्षसम्म ढुक्कले दसैं मनाउन नपाएका नागरिक यो पटक ढुक्कले टाढाटाढासम्म यात्रा गर्दैछन्। त्यत्तिमात्र नभई बजारमा किनमेल गर्नेको उत्तिकै भीडभाड छ। बसपार्कमा सवारी कुर्नेको भीड पनि कम छैन। सर्वसाधारणले सकसका साथ यात्रा गरिरहेका छन्। अघिल्ला दुइवटा दसैंलाई दुखम् सुखम् पार लगाएका सर्वसाधारण यो वर्ष भने केही ढुक्कले घर फर्केका छन्।

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख गुरुङ

विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उनले भने, 'निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ।'

पोखरा महानगरले खालि गरायो भूमिगत पार्किङका लागि आफ्नै भवन

‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङसहित निर्माण गरिएका घर छन् घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागि प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु,’ प्रमुख आचार्यले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्