६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा रंगशालामा राष्ट्रिय प्रतियोगिता नहुने

खेलाडीको एउटै लक्ष्य हुन्छ रंगशालामा खेल्ने। तर पोखरा रंगशालामा १ अर्ब २८ करोडमा पोखरा रंगशालाभित्र फुटबल मैदानसहितको भौतिक पूर्वाधार तयार भएको छ। त्यही फुटबल मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगिता भने हुने छैन्। राष्ट्रिय खेलकुद परिषदले रंगशालाभित्रको फुटबल मैदानलाई फुटबल खेलाउने खेलस्थलको रुपमा तय गरेको छैन्।  

रंगशालाको फुटबल मैदानमा राष्ट्रिय प्रतियोगिता खेलाउन नसक्नु आफैंमा विडम्बना हो। परिषदको असक्षमता प्रष्ट देखिन्छ। ठेकेदार कम्पनीले फुटबल मैदान छिर्ने मुलगेटमै तालाबन्दी गरेर राखेको छ। परिषदले राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल खेलाउन नसक्नु नेतृत्वको कमजोरी प्रष्ट हुन्छ। किन खेलाउन सकिएन भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। तर आम सर्वसाधारणले त्यसको ठोस उत्तर अझै पाएका छैनन्।  

पोखरा रंगशालाभित्रको फुटबल मैदान आफैंमा मर्मत सम्भारको खाँचो छ। फुटबल प्रतियोगिता नखेलाउने निश्चित भईसकेकै कारण मैदान मर्मत सम्भार गर्ने तर्फ परिषद तथा ठेकेदार कम्पनीको चासो छैन्। स्वामित्व अझै कम्पनीकै नाममा छ। चारवर्ष अघि निर्माण शुरु गरिएको फुटबल मैदानको स्वामित्व राखेपले आफनो मातहतमा ल्याउन सकेको छैन्। यत्रो पूर्वाधारमा समेत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको फुटबल प्रतियोगिता खेलाउन नसक्नुले गण्डकी प्रदेशमा ४० वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजना हुनुले कुनै गौरवान्भित महशुस नहुने खेलाडीकै गुनासो सामाजिक सञ्जालमै आईसकेको छ।  

महिला फुटबल वालिङ र पुरुष फुटबल गोस्ते खेल मैदान लामाचौरमा आयोजना गर्ने खेल व्यवस्थापन उपसमितिले उल्लेख गरिसकेको छ। दुवै स्थल सम्भावित भएपनि पूर्णरुपमा तयार भईसकेको छैन्। गोस्ते खेल मैदान रोजेपछि मैदान बनाउने तर्फ कास्की जिल्ला फुटबल संघसँग कुनै समन्वय नगरेकोे गुनासो संघका अध्यक्ष उज्वल रन्जितले सुनाए। प्यारापिट भएपनि दर्शक बस्ने लायक छैन, सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको ठम्याई उनको थियो। फुटबल मैदान मात्रै भएर होईन अन्य सबै आवश्यक पूर्वाधार पूर्ण रुपमा तयार भईसकेको छैन्। खेल व्यवस्थापन समितिले संघलाई गोस्ते खेल मैदानको बारेमा कुनै जानकारी समेत नलिई निर्णय गरेको थियो। संघले कुनैपनि टिप्पणी समेत गर्न नपाएको उनको भनाई थियो।  

चारवर्ष अघि नेपालगन्जबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा बोकेर आउँदा गण्डकीले निकै गर्विलो महशुुस गरिएको थियो। चार वर्षमा कुनैपनि पूर्वाधार तयार भएनन्। आवश्यकता थियो पौडी पोखरी र सुटिङ रेन्ज। त्यो पनि निर्माण हुन सकेन्। चार वर्षमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा कुनैपनि पूर्वाधार बनेनन्।

‘चारवर्षसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कुनै पूर्वाधार बनेनन्।’ राष्ट्रिय खेलाडी सुदिप आचार्यले भने–‘चारवर्षसम्म पूर्वाधार नबन्दा ४० वर्षपछि आयोजना हुदैछ भने के मा खेलाडीले गर्व गर्ने ?’ सातौंमा इटहरीमा आयोजना हुदाँ इहटरी रंगशाला बन्यो। आठौंमा नेपालगन्ज रंगशाला, दाङमा एथलेटिक्स ट्रयाक, लमही क्रिकेट मैदान, कोहलपुर क्रिकेट मैदान र नेपालगन्जमा पौडी पोखरी बनेको उल्लेख गर्दै खेलाडी आचार्यले नवौंको लागि पोखरामा के बन्यो ? के को लागि हामीले गर्व गर्ने।’ उनले बनेको फुटबल मैदानसहितको प्यारापिट तथा एथलेटिक्स ट्रयाकमा समेत खेलाडीले खेल्ने अवसर नपाएको भन्दै खेलाडी खेल्नै पाउँदैनन् भने पूर्वाधार बन्यो भनेर के लाई गर्व गर्ने ? उनले प्रश्न गरे। 

प्रकाशित: १८ आश्विन २०७९ १६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App