२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

महिला क्रिकेटः एपीएफ विजयी

राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीबार आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। 

पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रश्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो। अघिल्लो खेलमा संघर्षपूर्ण  जित निकालेको एपिएफले यससँगै जारी प्रतियोगितामा लागातार दोस्रो जित पनि निकालेको छ। जवाफी ब्याटिङ गरेको एपीएफको तर्फबाट सीता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रनको पारी खेल्दा इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन योगादान गर्दै जित दिलाइन्। 

खराब लयबाट गुज्रिरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो। गण्डकीका कुनैपनि खेलाडीले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन्। श्रृष्टी जैसीले बनाएको ५ रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो। एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन्। त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले १–१ विकेट लिए। गण्डकीका श्रृष्टी जैसीले १ विकेट लिइन्। जितसँगै एपीएफ ग्रुप ए को शीर्ष स्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ। 

प्रकाशित: २७ आश्विन २०७९ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App