१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अनुदान कटौती भएपछि मदरसा बन्द हुने अवस्थामा

सरकारले दिँदै आएको अनुदान कटौती भएपछि सुर्खेतको मदरसा मदिना विद्यालय सङ्कटमा परेको छ। माध्यमिक तहसम्म सञ्चालनमा रहेको मुस्लिम समुदायको धार्मिक विद्यालय आर्थिक सङ्कटको चपेटामा परेको छ।

किसानले पाएनन् साढे आठ करोड अनुदान

सिरहाको नरहा गाउँपालिका–३ स्थित हिमालय सुगर मिल्समा उखु बेचेका किसानले साढे आठ करोड सरकारी अनुदान अझै पाएका छैनन्। गत वर्ष (०७५/७६) मा उखु बेचेका ६ हजार आठ सय ६२ किसानको सरकारी अनुदान उनीहरुको खातामा आइपुगेको छैन।

१७ मध्ये १५ हजारलाई ब्याज अनुदान

सरकारले साना किसानलाई ऋण उपलब्ध गराएर कृषिको उत्पादकत्व बढाउने उद्देश्यले सुरु गरेको व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा कार्यक्रममार्फत १७ हजार किसानले ऋण लिएका छन्। यस्तो ऋण लिनेमध्ये करिब १५ हजारले ब्याज अनुदान पाएका छन्।

गाउँपालिकाले उपलव्ध गरायो शिक्षक अनुदान कोटा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सामुदायीक विद्यालयलाई शिक्षक अनुदान कोटाका लागि बजेट उपलव्ध गराउने निर्णय गरेको छ।

भारतको सहयोगमा कोटेश्वर क्याम्पसको नयाँ भवन, राजदूत पुरीले गरे उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्।

प्रदेश र स्थानीय तहलाई अनुदानको रकम समायोजन गर्ने वित्त परिषद्को निर्णय

सरकारले प्रदेश र स्थानीय तहलाई माग गरे अनुसारको रकम समायोजन गर्ने भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार बसेको अन्तर सरकारी वित्त परिषद्को चालु आर्थिक बर्षको पहिलो बैठकले प्रदेश र स्थानीय तहले माग गरे अनुसार वित्तीय समानिकरण र अनुदानको रकम  समायोजन गर्ने निर्णय गरेको हो।

अनुदान फिर्ता गरेर ‘रेट्रोफिट’

युके एड, युएनओपिस, बिल्ड चेन्ज र बिबिसी मिडिया एक्सनको सहयोगमा गत जेठ २३ गतेदेखि रेट्रोफिट गर्न थालिएका घरहरू साउन १८ गते सम्पन्न भएका थिए।

कृषि उद्यममा युवालाई ५० करोड

सरकारले युवालाई कृषिमा आकर्षित गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ। कृषि उद्यम गर्ने युवालाई न्यूनतम पाँचदेखि १० लाख रुपैयाँ अनुदान वितरण गर्न लागेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

प्रदेश १ सरकारले बाँड्यो ७४ करोड कृषि अनुदान

प्रदेश १ को सरकारले गत आर्थिक वर्षमा ७४ करोड रुपैयाँभन्दा बढी कृषि अनुदान वितरण गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कृषि तथा पशुजन्य बस्तुको उत्पादन, प्रशोधन तथा बजारीरकणमा सहयोग पु-याउने उद्देश्यले कृषि तथा पशुपालनको क्षेत्रमा आव ०७५/७६ मा ७४ करोड ३८ लाख ६३ हजार रुपैयाँ अनुदान वितरण गरिएको हो।

खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ।

अनुदानका गाडी प्रयोगविहीन

विष्णुमति किनार छेउमै काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग छ। विभागअन्तर्गत ट्रान्सफर्मर स्टेसनको परिसरमा चुलिएको फोहोरको दृश्य टाढैबाट देखिन्छ। त्यसको ५ मिटर पर नपुग्दै करिब २ दर्जन सेतो रंगका मिनी ट्रक लामबद्ध राखिएका छन्। केही वर्षअघिसम्म चिटिक्क देखिएका यी ट्रकको अहिले स्वरूप नै परिवर्तन भएको छ। सेतो रंगको ट्रक खिया लागेर खैरो देखिन थालेका छन्। ट्रकका सिसा लेउ लागेर हरिया भएका छन्। ऐना यताउता बांगिएका छन्। घामको किरण पर्दा खिया लागेका ऐना पहेँला देखिन्छन्। टायरका हावा खुस्किएर लचक्क लच्किएका छन्। वषौँदखि थन्किएका यी ट्रकका वरपर घाँस र झारपात उम्रिएको छ।

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताए।

गाँजाको विकल्प कृषिमा अनुदान

जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमिन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ। आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महिना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन्।

पहिलो किस्ता नलिने भूकम्प पीडितको नाम लाभग्राहीको सूचीबाट हटाउने निर्णय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिने भूकम्प पीडितकाे नाम लाभग्राहीको सूचीबाट हटाउने निर्णय गरेको छ।

चार करोड ६८ लाखको कृषि यन्त्र वितरण

प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ मा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकमार्फत १९ थरीका कृषि यन्त्र वितरण गरेको छ। काभ्रे र सिन्धुपाल्चोकका कृषकलाई २० देखि ८० प्रतिशतसम्म अनुदानमा केन्द्रले यन्त्र–उपकरण उपलब्ध गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्