१४ आश्विन २०८१ सोमबार
image/svg+xml

विज्ञहरुको जोडः नेपालले विपद्मैत्री विकास गर्न आवश्यक

भोलिको शहर’ जोखिम मुक्त बनाउने अभियान विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला नेपालमा ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय विज्ञहरुको सम्मेलन शुरु भएको छ।

फिलिपिन्स आँधीः ४७ को मृत्यु, ६० जना बेपत्ता

बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन्। कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए। कुसियोङका ६० जना हराइरहेका छन्।

श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजार बढी प्रभावित

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन्।

२१ हजार बढी श्रीलङ्काली बाढीको चपेटामा

बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका बेला श्रीलङ्कामा आज दुई जनाले ज्यान गुमाएका, पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना पीडित भएका केन्द्रीय विपपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

भारी वर्षाका कारण नाइजरमा १ सय ७९ जनाको मृत्यु

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए।

विहारमा चट्याङ लागेर एक्काइ जनाको मृत्यु

विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन्।

खेत बाँझै भएपछि संकटग्रस्त घोषणा गर्न माग

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनबारे बैठकमा जानकारी गराइएको छ। यससँगै जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि २०७९ असार १६ गते भएका निर्णयको कार्यान्वयनको अवस्थाबारे समीक्षा पनि गरिएको छ।

राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन

सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताए। मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए।

‘विश्व बैंकको जलवायु ऋण चाहिँदैन, जलवायु ऋण लाद्न पाइँदैन’

‘यो सम्झौता जलवायु न्यायको विरुद्ध छ,’ प्रदर्शनमा सहभागी युवा अभियन्ता तथा वातावरणीय कानुनकाज्ञाता दिलराज खनालले भने, ‘विश्व बैंक जस्तो संस्थाले जलवायु ऋण लाद्न पाउँदैन।’ उनले थप, ‘राज्यका कुन चाहिँ दस्तावेजमा जलवायुमा ऋण लिन्छौं भनेको छ। नीतिहरुमा जलवायु अनुदान लिन्छौँ भन्ने तर लिने बेलामा ऋण लिन? यस्तो गर्न पाइँदैन।’

पहिरोबाट विस्थापित १५२ घरधुरीलाई पुर्नस्थापनाका लागि सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरोबाट विस्थापित सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका १ सय ५२ घरधुरीलाई पुर्नस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ।

बुटवलमा २ अर्बको लगानीमा आधुनिक कृषि बजार बन्दै

पशुपन्छी, फलफुल लगायतका कृषि उपजको भण्डारणका लागि वैज्ञानिक प्रविधिसहितको गोदामघर, बीउ भण्डारणका लागि छुट्टै गोदाम घर निर्माण गरीने छ। केन्द्रमा खाद्यान्न, फलफुल, तरकारी, पहुपन्छी तथा दुग्धजन्य उत्पादनको गुणस्तर नाँपजाँच तथा निर्धारणकालागि अत्याधुनिक प्रयोगशाला र प्रशोधन केन्द्र पनि निर्माण गरिने छ।

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा गरिने एक रुपियाँको लगानीले प्रतिकार्यमा लगानी गर्ने सात रुपियाँ जोगाउन सकिने विषय हामी सबैलाई थाहा भए पनि सोहीअनुसारको काम भने हुन सकेको छैन।

स्थानीय तहका जनप्रतिनिधिलाई विपद् जोखिम न्यूनीकरणबारे अभिमुखीकरण

नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहितका कार्यपालिका सदस्यहरु, विषयगत शाखाका पदाधिकारी र कर्मचारीलाई लक्षित गरी अभिमुखीकरण सुरु गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

विपद् व्यवस्थापनमा तीनै तहबीच समन्वय अभाव

मनसुन सुरु भएको ३ सातामै देशभर बाढी पहिरोलगायतका विपद्का घटनाहरूले सर्वसाधारणमा पिरलो र सन्त्रास बढेको छ। मनसुन र विपद् एकैसाथ आएका छन्।

ताप्लेजुङ सिरिजंगाद्वारा स्वास्थ्य बीमा निःशुल्क, करिब ५२ करोड बजेट आयो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिवृद्धि गर्न नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी प्रर्वद्धनात्मक कार्यक्रम अघि सार्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्