७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

स्थानीय तहका जनप्रतिनिधिलाई विपद् जोखिम न्यूनीकरणबारे अभिमुखीकरण

विपद् जोखिम न्यूनीकरणको स्थानीयकरणका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्न थालिएको छ।

नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहितका कार्यपालिका सदस्यहरु, विषयगत शाखाका पदाधिकारी र कर्मचारीलाई लक्षित गरी अभिमुखीकरण सुरु गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत जयराम उप्रेतीका अनुसार अभिमुखीकरणमा स्थानीय तहले विपद् व्यवस्थापनका बारे ऐन, नियम र कार्यविधिको तर्जुमा गरे/नगरेकोदेखि विपद् पूर्व तयारी र प्रतिकार्य योजनाको अवस्था समेतको विश्लेषण गरिने छ।

स्थानीय क्षेत्रमा हुनसक्ने सम्भावित विपद्, जोखिमको अवस्था, जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने तयारी, प्रतिकार्य योजना, पूर्व तयारी र प्रतिकार्यका क्रममा प्रयोग हुने जनशक्ति र सामग्रीको व्यवस्थापनदेखि लिएर जोखिम पहिचान समेतको अभिमुखीकरण भएको ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले जानकारी दिइन्।

मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तराष्ट्रिय सहायता नियोगको सहयोग अन्तरगत अन्तराष्ट्रिय आप्रवासन संगठनमार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघसँगको सहकार्यमा कार्यक्रम अघि बढेको मन्त्रालयका शाखा अधिकृत उप्रेतीले जानकारी दिए। उनका अनुसार भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, लुथरन वल्र्ड फेडेरेसन् र प्राक्टिकल एक्सन् कन्सल्टेन्टले अभिमुखीकररण सहजीकरण र सञ्चालन गर्नेछन्।

प्रकाशित: १७ श्रावण २०७९ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App