२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोबाट विस्थापित १५२ घरधुरीलाई पुर्नस्थापनाका लागि सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरोबाट विस्थापित सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका १ सय ५२ घरधुरीलाई पुर्नस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ।

सिरिजङ्गाका १ सय १७ र सिदिङ्वामा ३५ घरधुरीलाई पुर्नस्थापनाका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

सिरिजङ्गाले गत साउन १८ गते र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त संख्याका घरधुरी विस्थापित भएको भन्दै कार्यपालिकाको निर्णयसहित पुर्नस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समक्ष अनुरोधपत्र पठाएका थिए।

जिल्ला विपद् व्यवस्थापन समितिले सिरिजङ्गा–७ खेवाङमा घरसहित पहिरोले बगाएर मृत्यु भएका तुलसा अधिकारी र यसोदा अधिकारीका आफन्तलाई तीन लाख रुपैयाँ उपलब्ध गराएको जनाएको छ।

यस्तै चट्याङ लागेर मृत्यु भएका मेरिङदेन वडा नं २ सान्था क्राका लालकुमार शेर्पाका परिवारलाई नगद दुईलाख रुपैयाँ उपलब्ध गराएको जिल्ला विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति समेत रहेका प्रशासन कार्यालयका नायब सुब्बा सुरेन्द्र दाहालले जानकारी दिए।

यस्तै आगलागीका कारण घर सहित श्रीसम्पत्ति गुमाएका मेरिङदेन वडा नं २ सान्था क्राका रेञ्जुङ शेर्पालाई २० हजार रुपैयाँ उपलब्ध गराइएको समेत जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ।

प्रकाशित: १० भाद्र २०७९ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App