९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘उपत्यकाको मौसम अमूल्य छ’

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा ज्यादै सुन्दर छ । कुनै भौतिक निर्माणले सुन्दर भएको होइन, प्रकृतिले नै सजाएको छ पोखरालाई । ताल, गुफासँगै माछापुच्छ्रे लगायत वरपर देखिने हिमालले पोखरालाई सुन्दर बनाएको छ । यसबाहेक मलाई मनपर्ने सहर पाल्पाको तानसेन पनि हो।

बेमौसमी झरी

सामान्यतयाः चैत, वैशाख र जेठ महिनामा उखरमाउलो गर्मी हुन्छ । यसअघि यो समयमा तराई मात्र नभई राजधानी काठमाडौंमा पनि निकै गर्मी हुन्थ्यो । तर, यो वर्ष राजधानीमा खासै गर्मी बढेको छैन । यसको कारण हो– चैतदेखि निरन्तररूपमा भइरहेको वर्षा । सामान्यतयाः अंग्रेजी महिना मार्च, अप्रिल र मेलाई ‘प्रि–मनसुन’ मानिने भए पनि यो कहिले ढिलो र कहिले चाडो सुरु हुने गर्छ।

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

मौसम प्रतिकुल भएका कारण आज म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । आज सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए।

बुधबारबाट मौसममा सुधार हुने

केही दिन यता देशभर भइरहेको वर्षा तथा मौसममा भइरहेको बदलीमा बुधबारबाट सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देखि पश्चिमतर्फको मौसम खुल्दै जाने छ भने बुधबारबाट मध्य र पूर्वी क्षेत्रबाट समेत मौसम खुल्ने छ।

अझै केही दिन मौसम सफा नहुने

काठमाडौँ उपत्यका लगायतका पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन मौसम सफा नहुने माैसमविद्हरूले जनाएका छन् ।

माेदी भ्रमण : ४ दिने मौसमी सूचना सार्वजनिक

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) विहीबार सार्वजनिक गरेको छ।

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ।

बेमौसमी तरकारी खेतीमा आकर्षित

धादिङको थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन्। उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी गोलभेडा खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छन्।

टनेलभित्र बेमौसमी तरकारी खेती

थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन्। उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी गोलभेडा खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छन्।

मौसम परिवर्तनसँगै बढे बिरामी

जाडो सकिएर गर्मी आउन लाग्दा उपत्यकामा विभिन्न मौसमी रोगका बिरामी देखिएको अस्पतालहरूले जनाएका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँजस्ता रोग देखिएको चिकित्सकले जनाएका छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्ने जस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन्।

मौसमको खराबीले उडान प्रभावित, शिवरात्रिमा वर्षा हुने!

मौसममा आएको बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्ग आसपासमा हुस्सु लागेका कारण उडान र अवतरण प्रभावित भएको हो।

गुलाबको मौसम

फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । प्रेम गर्ने नयाँपुस्ताले यसलाई प्रेम सप्ताहकै रूपमा मनाउन थालेका छन् । यो सप्ताहमा प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिएर प्रेम अभिव्यक्त गर्छन् ।

बेमौसमको बाँसुरी

एक शक्तिशाली छिमेकीको हैसियतमा सहिष्णुतापूर्वक कूटनीतिक भूमिका खेल्नुपर्ने भारतले नेपालको सत्ता र राजनीति आफैँ डोर्‍याउन खोज्ने परम्परागत भुल गरेको छ । यो भारतकै लागि प्रत्युत्पादक हुने देखिन्छ ।

नआत्तिनुस भोलिदेखि घाम लाग्छः मौसमविद्

आकासमा बादल देखेर नआत्तिनुहोस् । यो बुधबार (आज)का लागि मात्र हो । मौसमविद्को अनुमानमा बिहीबार बिहानबाट देशका अधिकांश भूभागमा घाम लाग्छ । बुधबारको बादल बिहीबार बिहानसम्ममा पूर्वबाट बाहिरिन्छ।

भारतीय विदेशमन्त्रीको भ्रमण बेमौसमी : भट्टराई

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण बेमौसमी भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्