९ आश्विन २०८१ बुधबार
image/svg+xml

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान | विन्टर टिप्स

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ

आजदेखि मौसम सुधार हुने

मौसम पूवार्नुमान महाशाखाले बिहीबारदेखि घाम लाग्ने हुनाले तापक्रम बढ्ने जनाएको छ । साथै तराईमा करिब डेढ महिनादेखि लागेको बाक्लो हुस्सु तापक्रम बढेस“गै हराउनेछ। महाशाखाका मौसमविद् राजु प्रधानांगले मंगलबार सा“झदेखिको मौसम प्रणाली बुधबार सा“झसम्म पूर्वबाट बाहिरिएको जानकारी दिए । ‘हिजो राती पश्चिम नेपालबाट भित्रिएको पश्चिमी वायु पूर्वबाट निस्किने क्रममा छ’, उनले बुधबार साँझ नागरिकसँग भने, ‘भोलीदेखि घाम लाग्छ ।’ उनका अनुसार बिहीबार बिहान न्यूनतम तापक्रम घट्ने र अधिकतम तापक्रम बढ्नेछ । ‘शुक्रबारदेखि दुवै तापक्रम बढ्छ’, उनले भने । बुधबार राजधानीको न्यूनतम तापक्रम ७.३ र अधिकतम तापक्रम १२ डिग्री सेल्सियसको हाराहारीमा छ।

आयरल्याण्डमा मौसमी ज्वरोबाट २४ को मृत्यु

आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताएका छन्।

मौसमविद् भन्छन् अझै चिसो बढ्छ

न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ।  चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ। आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ।

चिसो मौसममा ‘हट’ क्याटवक

मंसिर सकिएर पुषको आगमनसँगै राजधानीको मौसम ह्वात्तै चिसिएको छ । दिवा समयबाहेक बिहान र बेलुकाको समय काठमाडौं चिसिरहँदा गत शुक्रबार बौद्धस्थित हयात रिजेन्सी होटल रातको समयमा पनि निकै तातिरहेको थियो । चिसो मौसमसँग फेसन सोका कार्यक्रममा कमी आइरहँदा यहाँ भने सेलिब्रेटी तथा व्यावसायिक मोडल ¥याम्पमा बिरालो चाल चाल्दै वातावरण तताइरहेका थिए ।

प्रतिकूल मौसमकाबीच बर्दियामा मतदान सुरु

प्रतिकूल मौसमबीच लामबद्ध भएका मतदाताले बिहानैदेखि मतदान गर्न सुरु गरेका छन् । केही ठाउँमा सिमसिमे पानीका कारण निर्धारित समयभन्दा केही ढिला मतदान सुरु भएको छ ।

अस्पतालमा मौसमी फ्लुका बिरामी

जाडो मौसम सुरु भएदेखि नै राजधानीमा सिजनल फ्लु (मौसमी रुघाखोकी)देखा परेको छ । दैनिक औसत १५ जना मौसमी फ्लुका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आउने गरेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए ।

मौसमले पनि साथ दियो निर्वाचनलाई

३२ जिल्लामा आइतवार भइरहेको निर्वाचनलाई मौसमले पनि साथ दिएको छ । आइतवार विहानसम्मको मौसमको अवस्था सामान्य रहेको छ । देशको उच्च हिमाली क्षेत्रमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्ला हिमपात हुने संभावना रहे पनि अन्य ठाउँमा मौसम  सामान्य छ ।

मौसमी कारबाही, कमजोर गुप्तचरी संयन्त्र

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा चुनौती विश्लेषण गर्दै गृह मन्त्रालयले कात्तिक पहिलो साता ‘नेत्रविक्रम चन्द ‘विप्लव’ र सिके राउत समूह अस्तित्व जोगाउने संघर्षमा रहेकाले सुरक्षामा ठूलो प्रभाव पार्न नसक्ने’ निष्कर्ष निकाल्यो ।

बुटको मौसम

बजारमा पाइने रेडिमेड बुट मनपराउने एक जमात छ भने आफैँ डिजाइन दिएर अर्डरमा बुट बनाउन लगाउनेको भीड पनि कम छैन । चिसो मौसम सुरु भएपछि बुट बनाउन भ्याइनभ्याई हुने इन्द्रकुमार बिसुङ्खे बताउँछन् । बिसुङ्खेले झन्डै २० वर्षदेखि कुमारीपाटीमा जुत्ता बनाउँदै आएका छन् । उनी शुद्ध छालाका जुत्ता बनाउँछन् । भन्छन्, ‘शुद्ध छालाको हुने भएकाले अलि महँगो हुन्छ । त्यसैले शुद्ध छालाको जुत्ता बलियो हुने भए पनि चाइनिज फेन्सी बुटमै धेरैको आकर्षण छ ।’

खराब मौसमका कारण यु- १९ क्रिकेट टोली क्वाल्लामपुर विमानस्थलमै

आज नेपाल आउन लागेको नेपाली यु- १९ क्रिकेट टोली अहिले मलेसियाको विमान स्थलमै छ। एसीसी यु- १९ पूर्व क्षेत्रको छनोट क्रिकेट च्याम्पियन बनेर फर्कदै गरैको नेपाली युवा टोली अहिले क्वाल्लामपुर विमान स्थलमै रोकिएको छ।

स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ।

मौसम सेलाएसँगै वीरगन्ज तात्दै

‘पहिले संशोधन, बादमे निर्वाचन’ भन्ने नारा लगाउदै राष्ट्रिय जनता पार्टीका समर्थकहरुले बिहीवार बिहानैदेखि घण्टाघर चोकमा टायर बालेका छन् । तापमान ४० डिग्री नाघेको अवस्थामा सुरु भएको आन्दोलनमा सुरुको दुई दिन गर्मीका कारण आन्दोलन समर्थकहरु वीरगन्जमा थोरै मात्र देखिए पनि बुधवार राति पानि परेर मौसम सितल भएसंगै आन्दोलनकारीको संख्या बढेको छ । कार्यकर्ता बाहेकका सर्वसधारणको सहभागिता भने आन्दोलनमा अझै भइसकेको छैन् ।

आइतबारसम्म मौसम सितल हुने

एक साता अघिसम्म उपत्यकामा हरेक दिन कुनै न कुनै समयमा पानी पर्‍र्यो। र, सर्वसाधाणले मौसमको अवस्थाबारे टिप्पणी पनि गरे, 'यसपटक गर्मी नै हुँदैन कि क्या हो? चिसो हुन्छ ।' त्यतिबेला मनसुन नै सुरु भयो भन्ने तर्क गर्नेहरु पनि भेटिए। पानी अत्यधिक परेको अनुमान पनि गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्