९ आश्विन २०८१ बुधबार
image/svg+xml

मौसमसँगै पहिरन फेर्दै सेलिब्रेटी

प्रकृतिले बिस्तारै हिउँदे मौसमको पछ्यौरा हटाइसकेको छ । सर्वसाधारणले बाक्ला लुगा थन्क्याएर हल्का र रंगिन लुगा लगाउन थालेका छन् । बदलिँदो मौसमसँगै सेलिब्रेटीले पनि विवाह तथा पार्टीमा रंगबिरंगी पातलो पहिरनमा देखिन थालेका छन् ।

मौसम अझै धुम्म हुने

ती दिन लगातार बिग्रिएको मौसम शुक्रबार केही सुधार हुन सक्ने मौसमविद्ले बताएका छन्। उनीहरूका अनुसार यो सुधार शनिबार मध्याह्नसम्म मात्र कायम रहने छ। पूर्वी क्षेत्रमा भने केही दिन मौसम 'धुम्म' नै हुनेछ।

‘बिहीबारसम्म मौसम धुम्म’

पश्चिम र पूर्व/दक्षिणबाट नेपाल भित्रिरहेको कमजोर वायुको प्रभावले पूर्वी र मध्य नेपालको आकाश बिहीबारसम्म बादलले ढाक्ने भएको छ।

मानिसको नाकको आकार मौसमबाट प्रभावित

यदि तपाई आफ्नो नाकको आकारदेखि सन्तुष्ट हुनुहुन्न भने आफ्ना अभिभावक वा पुर्खालाई हैन मौसमलाई दोष लगाउनुहोस्।

बुधबारसम्म मौसम अस्थिर

पश्चिमी र स्थानीय वायुको कारण गत शुक्रबारदेखि देखिएको मौसमी बदली अझै केही दिन कायम रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको कारण मौसममा परिवर्तन भइरहेको छ।

मौसमविद् नै भन्छन्- 'यो चैत हिउँद हो कि ग्रिष्म?

वरिष्ठ मौसमविद् तथा काठमाडांै विश्वविद्यालयका सहायक प्राध्यापक मणिरत्न शाक्यलाई चिसोले समातेछ। उनी केही दिनयता घरबाहिर निस्किएका छैनन्। चैतमा पनि दिनदिनै चिसो किन बढिरहेको छ भन्ने नागरिकको प्रश्नमा शाक्यले आइतबार दिउ“सो भने, 'हेर्नुस् न म आफैंलाई चिसोले समातेको छ। रुघाखोकी लागेर घरमै बसेको छु।'

साताभर मौसममा बदली

स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा शनिबार सामान्य वर्षा भएको छ। मध्य र पूर्वका पहाडी क्षेत्रमा साताभर नै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

मौसममा सुधार आउन आइतबारसम्म पर्खनुपर्ने

मौसम पूर्वानुमान महाशाखाले शनिबार सम्म मौसम यथावत रहने जनाएको छ। मौसमविद् सुवास रिमालका अनुसार शनिबार सम्म हलका बर्षा हुने सम्भावना रहेको छ।

खराब मौसमले ६ घन्टासम्म जहाज डिले

पछिल्लो एक महिनायता खराब मौसमका कारण हवाई यात्रुले विमानस्थलमा दैनिक न्यूनतम एकदेखि अधिकतम ६ घन्टासम्म जहाज उड्ला कि भन्दै कुरेर बस्नुपरेको छ।

मौसममा बदली

पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायुको कारण बिहीबार बेलुकादेखि देशभरको मौसम परिवर्तन भएको छ। पहाडी क्षेत्रमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। यससँगै जाडो पनि बढेको छ। पश्चिम वायुको प्रभाव शनिबार पनि देखिने अनुमान मौसमविद्को छ।

तीन ठाउँमा मौसम मापक राडर

मौसम पूर्वनुमानलाई भरपर्दो र विश्वासिलो बनाउन अत्याधुनिक प्रविधिको मौसममापक राडर स्टेशन स्थापना कार्य अगाडि बढाइएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा पहिलोपटक मौसममापक राडर स्टेशन स्थापन गर्न लागेको हो।

मौसममा बदली, फाटफुट वर्षा

पश्चिमी वायुको प्रभावले उपत्यकालगायत देशैभरको मौसम बदली भएको छ। यो अवस्था सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही बीचमा केही स्थानमा वर्षा पनि हुने महाशाखाको अनुमान छ।

मुस्ताङको घमीमा आएको बेमौसमी बाढी (फोटो फिचर)

वर्षा बिना नै हिमालपारिको जिल्ला मुस्ताङको घमीमा गत आइतबार भीषण बाढी आयो । बाढीपछि घमीका बासिन्दा त्रसित छन्। बाढी आएको ढाकमर खोलामा अझैपनि लेदो पानी बग्न रोकिएको छैन। बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन्।

बेमौसमी बाढीले मुस्ताङको घमीमा क्षति

वर्षा नै नभई अचानक आएको बाढीले उग्ररुप लिँदा उपल्लो मुस्ताङको घमीमा व्यापक क्षति पुगेको छ। घमीगाउँभन्दा निकै माथिबाट आएको बाढीले भीषण रुप लिँदा घमीको ढाकमर गाउँमा क्षति भएको हो। हिमपहिरोले बाढीको रुप लिएको हुन सक्ने गाउँलेको अनुमान छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्