९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मौसममा सुधार आउन आइतबारसम्म पर्खनुपर्ने

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले शनिबार सम्म मौसम यथावत रहने जनाएको छ। मौसमविद् सुवास रिमालका अनुसार शनिबार सम्म हलका बर्षा हुने सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले अचानक मौसममा आएको परिवर्तनका कारण देशका विभिन्न भागमा मौसम वदली भइ हल्का बर्षा भएको थियो।

काठमाडौं उपत्यका र देशभर शनिबार पनि वादल सहित हलका बर्षा हुने सम्भावना रहेको रिमालले बताए। उनका अनुसार आइतबारदेखि तापक्रम बढ्ने र मौसममा सुधार आउने सम्भावना रहेको छ।

 

 

प्रकाशित: २७ फाल्गुन २०७३ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App