९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मौसममा बदली, फाटफुट वर्षा

काठमाडौं- पश्चिमी वायुको प्रभावले उपत्यकालगायत देशैभरको मौसम बदली भएको छ। यो अवस्था सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही बीचमा केही स्थानमा वर्षा पनि हुने महाशाखाको अनुमान छ।

महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले मौसममा शनिबार देखिएको परिवर्तन सोमबारसम्म यथावत् रहनेछ। शनिबार साँझ मुलुकका केही भागमा सामान्य वर्षा भएको छ। उच्च पहाडी भूभागमा हिमपातसमेत भएको छ। सोमबारभित्र सुदूरपश्चिमको सबै र अन्य पहाडी जिल्लामा समेत सामान्य वर्षा हुने उनले बताए।

उपत्यकामा हिउँ पर्ने सम्भावना नरहेको मौसमविद् बरुण पौडेलले बताए। सोमबारपछि देशैभरको मौसम सफा रहने अनुमान महाशाखाको छ।

 

प्रकाशित: १७ पुस २०७३ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App