३ कार्तिक २०८१ शनिबार
image/svg+xml

मतगणना सहज बनाउन प्राधिकरणको विशेष सजगता

स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ।

मतगणना छिटो गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

पर्वतको मोदीमा मतगणना स्थगित

पर्वतको मोदी गाउँपालिका २ को मतपरिणाममा विवाद भएपछि मतगणना स्थगित गरिएको छ । काँग्रेसले जितेको एक वडा सदस्य भएपनि सबै एमालेले जितेको घोषणा गरिएको भन्दै काँग्रेसको बिरोधपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।

आयोगको भद्रगोल व्यवस्थापन, कछुवा गतिमा मतगणना

वीरेन्द्रनगर नगरपालिकामा सोमबार दिउँसो २ बजे मतगणना सुरु भयो । साँझ ५ बज्दासम्म जम्मा सय भोटमात्रै गनिसकियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढिलाइको प्रमुख कारण हो– जटिल मतपत्र र एक ठाउँमा मात्र मतगणना गर्ने दलहरुको अडान।

बाग्लुङको प्रारम्भीक मतगणनामा एमाले अगाडि

स्थानीय निर्वाचन अन्तर्गत जिल्लामा आईतबार सम्पन्न मतदानको मतगणना कार्य शुरु भएको छ। जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकारी हिमलाल बेलबासेले बताए। ‘

रेणु दाहाल उम्मेदवार रहेको भरतपुरमा मतगणना सुरु हुन सकेन

प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर प्रत्यासी रहेको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। सर्वदलीय बैठकमा निर्वाचन केन्द्रको मुचुल्काभन्दा मतपेटिकामा बढी मतपत्र भेटिए के गर्ने भन्ने विषयको विवाद भएपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु हुन सकेको हो।

लमजुङमा मतगणना सुरु

लमजुङमा मध्यान्ह देखि मतगणना  सुरु भएको छ । मतगणना सुरु भएसँगै बिहानै देखि चासोका साथ नतिजाको प्रतिक्षामा बसेका सर्वसाधारण देखि कार्यकर्ता, उम्मेदवार र नेतासम्म आ–आफ्नो नगरपालिका र गाउँपालिका केन्द्रमा भेला भएका छन् ।

पर्वतमा मतगणना सुरु

पर्वतका सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । पैंयूमा बिहान ९ बजेदेखि नै गणना सुरु गरिएपनि नतिजा सार्वजनिक गरिएको छैन । पैयूँको १, २, ३ र ४ वडाको छुट्टाछुट्टै गणना सुरु गरिएको छ ।

मुचुल्का नभेटिँदा काठमाडौंको मतगणना रोकियो

काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ। सर्वदलीय सहमतिपछि मतगणना सुरु गर्न खोज्दा वडा नम्बर १ को मुचुल्का नभेटिएपछि गणना हुन नसकेको हो। मतपेटिकाबाट पतपत्र खन्याइसकेपछि मुचुल्का खोज्दा नभेटिएको हो।

धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो

निलकण्ठ नगरपालिका बाहेक धादिङको सबै स्थानीय तहको मत गणना सुरु भएको छ। राती देखि नै मत गणना सुरु गरेका गाउँपालिकाहरुबाट मत परिणाम पनि आउन थालेका छन्।

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। प्रदर्शनीमार्गको राष्ट्रिय सभागृह हलमा मत गणना सुरु भएको हो।

नुवाकोटमा मतगणना जारी,  एमालेको अग्रता

नुवाकोटको २ नगरपालिका र १० गाउँपालिकामा नै मतगणना जारी छ । अन्तिम नतिजा अनुसार नेकपा एमाले तीन र नेपाली काँग्रेस दुई तहमा अगाडि रहेको छ । एमालेले विदुर नगरपालिका, ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख र उप प्रमुखसहित अग्रता लिएको छ भने नेपाली काँग्रेस तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित अगाडि छ ।

सिन्धुलीमा मतगणना सुरु, गोलञ्जोर १ मा माओवादी विजयी

सिन्धुलीको गोलञ्जोर १ मा माओवादी केन्द्रका मिनबहादुर सुनुवार वडाअध्यक्षमा विजयी भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्