३ कार्तिक २०८१ शनिबार
image/svg+xml

हेटौँडामा मतगणना शुरु, थाहामा एमाले अगाडि

हेटौंडा उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । गएराति बसेको सर्वदलीय बैठकले बिहान ७ बजेबाट मतगणना गर्ने निर्णय गरेपनि ढिलागरी मतगणना सुरु भएको हो । मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले राजनीतिक दलका प्रतिनिधि आउन ढिला गरेकाले मतगणना करिब साँढे नौ बजेबाट शुरु भएको बताए ।

सिन्धुपाल्चोकमा मतगणना सुरु, भोटेकोशी १ मा काँग्रेसको अग्रता

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ५ वटामा मतगणना सुरु भएको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु, भोटेकोशी र बलेफी गाउँपालिकामा मतगणना सुरु गरिएको हो ।

काठमाडौं महानगरको मतगणना ११ बजेदेखि

काठमाडौं महानगरपालिकाको मगणना सोमबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ। बिहान बसेको सर्वदलीय बैठकले बिहानको खाना खाएर मतगणना थाल्ने निर्णय गरेको हो।

भरतपुरमा मध्यान्हबाट मतगणना सुरु हुने

चितवनका सातमध्ये छवटा स्थानीय तहमा सोमबारबाटै मतगणना सुरु हुने भएको छ । काँग्रेस माओवादी गठबन्धनबाट प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर पदमा उम्मेद्वार रहेको भरतपुर महानगरपालिकाको मत परिणाम प्रति धेरैको चासो जोडिएको छ । भरतपुरमा सर्वदलीय बैठक बसेको र ११÷१२ बजे तिर महानगरपालिकाको मतगणना सुरु हुने चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।

ललितपुर महानगरपालिकाको मतगणना ११ बजेबाट हुने

ललितपुर महानगरपालिकामा आजबाटै मतगणना हुने भएको छ। महानगरका मतपेटिका मत गणनाको लागि स्टाफ कलेज ल्याइपुर्‍याइएको छ।

मुगुमा ७३ प्रतिशत मत खस्यो, मतगणना सोमवारबाट मात्र

जिल्लाभरका तीन गाउँपालिका र एक नगरपालिकामा आईतवार भएको स्थानीय तहको निर्वाचनमा कुल ७३ दशमलव ७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना स्थलमा मोवाइल लैजान नपाइने

निर्वाचन आयोगले मतगणना स्थलमा मोवाइल फोन लैजान नपाउने जनाएको छ। मतगणना सम्बन्धी निर्देशन जारी गर्दै आयोगले सम्बन्धित गाउँपालिका/ नगरपालिका मुख्य निर्वाचन अधिकृत/ निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक गणनास्थलनमा अन्य ब्याक्तिले मोबाल फोन प्रयोग गर्न नपाउने आयोगले जनाएको छ।

मतगणना आजै साँझदेखि

निर्वाचन आयोगले मतगणना कार्य आजै साँझदेखि सुरु हुने जनाएको छ। मतदानका लागि निर्धारित समय ५ बजेसम्म तोकिएको छ। मतदान केन्द्रबाट स्थानीय तह केन्द्रमा मतपेटिका संकलन गरे लगत्तै सम्बन्धित दलहरुको सहमतिमा मतगणना सुरु गरिने आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

स्थानीय तहको मतगणना मतदान केन्द्रमै गर्दा राम्रो: उप्रेती

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन्।

पुन: मतगणना वाहियात !

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको विस्किन्सन राज्यमा पुनः मतगणनाको अनुरोध वाहियात भएको बताएका छन् । सो राज्यमा झिनो मतले विजयी भएका ट्रम्पले आइतबार भने, ‘परिणामको हामी सबैले सम्मान गर्नुपर्छ । यसलाई चुनौति दिनु अथवा गाली गर्नु वाहियात हो ।’

नेवि संघको मतगणना सुरू

नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि भएको मतदानकाे मतगणना सुरू भएकाे छ। बुधबार १२ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान सकिएको थियाे निर्वाचन मन्डलका अनुसार तीन हजार ३ सय ७ मत खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्