राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र
७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।
७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।
खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई कुनै फरक नपर्ने बताएकी छन्। बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले ठेकदारले काम छाड्दा हुने आर्थिक क्षति उसले राखेको बैंक ज्ञारेन्टी रकमले सहजै भरथेग गर्ने बताएकी हुन्।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीले सीएमसीले करिब १ हजार नेपाली मजदुरलाई दुई महिनादेखिको पारिश्रमिक नदिएको खुलेको छ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर सडक पखाल्ने घोषणा गरेको पनि भन्डै तीन दशक पुग्न लाग्दै छ। उनले २०४७ सालमा देखाएको मेलम्ची खानेपानी आयोजनाको त्यो सपना पूरा हुन अनेकन् कठिनाइ सामना गर्नुपरेको छ। मेलम्चीकै पानीका निम्ति राजधानीबासीले सडकको धुलो खाएको वर्षौं भइसकेको छ।
खानेपानी मन्त्रालयले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने दाबी गरेको छ। आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री(सिएमसी)ले आयोजना निर्माणको अन्तिम समयमा आएर काम छाडेपनि मन्त्रालयले भने समस्या समाधान गरेर समयसीमा भित्रै काम सक्ने दाबी गरेको हाे।
मेलम्ची खानेपानीको सुरुङ निर्माण गर्न सरकारले सन् २००१ मा एसियाली विकास बैंक (एडिबी)सँग ऋण सम्झौता ग-यो। सम्झौताअनुसार सन् २००७ सम्म १७ अर्ब ४३ करोड लागतमा मेलम्चीको पानी उपत्यकामा भिœयाउने लक्ष्य राखिएको थियो।
काम नसकी भाग्न खोजेको आरोपमा सरकारले मेलम्ची खानेपानी आयोजनामा कार्यरत ठेकेदार कम्पनीको साइट कार्यालय प्रमुख क्रिस्टिनयानो क्रोजोसहित आठ ८ कर्मचारीको राहदानी नियन्त्रणमा लिएको छ। साथै सरकारले ठेकेदार कम्पनीको अढाइ अर्ब धरौटी रोक्का राख्ने चेतावनी दिएको छ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि सरकार र इटालियन ठेकेदार कम्पनीबीचको लामो विवाद सतहमा आएको छ। यो प्रकरणले मेलम्ची आयोजना चाँडै सकिनुको सट्टा अझै लम्बिने खतरा बढाएको छ।
मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्चीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने जानकारी दिएका छन्। उनले दिगो पर्यटन विकास गरी स्थानीयको जीविकोपार्जनमा टेवा पु्र्याउने लक्ष्य रहेको बताए।
मेलम्ची खानेपानी आयोजना समयमा सम्पन्न गर्न अझै चुनौती भए पनि ६० दिनभित्र मेलम्चीको पानी काठमाडाैं भित्र्याउने बताइएको छ। गत असोजमै उपत्यकामा मेलम्चीको पानी आउने तयारी भए पनि निर्माण कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको हो।
कपन बस्ने रश्मी दाहालले बुधबार फेसबुकमा स्ट्याटस लेखिन्, ‘रहर मध्येका रहर। काठमाडौंमै बसेर मेलम्चीको पानीले मुख धुने।’
मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ। आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको हो।
खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन्।
तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए।