१६ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मेलम्ची खानेपानी आयोजनाको ठेकेदारको पासपोर्ट जफत

फाइल तस्बिर

काठमाडौ–मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख  क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ।

इटालियन ठेकेदार कम्पनी सिएमसीका क्रुजाेसिहत २९ जना कर्मचारी २ दिनदेखि आयोजनाको काम छाडेर हिडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ। सरकारले कामसक्न दिएको समयसीमा ४६ दिन वाँकी रहँदा निर्माणमा खट्नु पर्ने टोलीले काम छाडेपछि नेपाल छाडन नदिन उनीहरुको पासपोर्ट जफत गरिएको हो।

क्रिसमसको वहानामा नेपाल छाडेर जाने र त्यसपछि नआउने नियत देखिएको भन्दै उनीहरुलाई नेपाल छाडन नदिने गरी पासपोर्ट नियन्त्रणमा लिइएको हो।   

 

प्रकाशित: २ पुस २०७५ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App