२ मंसिर २०८१ आइतबार
image/svg+xml

मेलम्चीले समय मागेपछि रोकियो कालोपत्रे

मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्रे गर्ने कार्य पछि धकेलिएको छ। धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडाैं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो।

उपत्यकामा कहिले अाउँछ मेलम्चीको पानी ?

काठमाडाैं उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन्। मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए।

दसैंमा आउने सम्भावना ट-यो

आगामी दसैंसम्म पनि उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने सम्भावना टरेको छ। मेलम्ची खानेपानी उपआयोजनाले लक्ष्य अनुसार सुरुङको भुइँ ढलान र अन्य प्राविधिक काम सम्पन्न नगरेपछि मेलम्चीको पानी सम्भावना टरेको हो।

‘मेलम्चीको पानीले उपत्यकामा खानेपानीको समस्या समाधान हुन्छ’

उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ। सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेको हो।

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

‘ मेलम्चीको पानी दसैंअघि आउनेमा शंका नगर्नुस् ’

मेेलम्ची खानेपानी आयोजना सम्पन्न हुने समयको प्रतीक्षा मुलुकमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने परिस्थिति छ ।आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर मंगलबारदेखि पुनः जिम्मेवारीमा पुगेका छन् । सचिव ठाकुरसँग मेलम्ची आयोजना र सरोकारका विषयमा नागरिककर्मी हिमाल लम्साल र खिलक बुढाथोकीले गरेको अन्तर्वार्ता :

मेलम्चीको पानी अझै अनिश्चित

‘मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति गुर्जादा पनि मेलम्चीको पानी उपत्यकामा आएको छैन् । अझै, कति समय लाग्ने हो, यसको किटान सरकारसँग छैन्।

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ। आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होइन उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ।

मेलम्ची सुन्दरीजल झर्नासाथ उपत्यकामा पानी

मेलम्ची पानी छिट्टै सुन्दरीजल झर्ने सुनिश्चित देखिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा पाइपलाइन विस्तारको कामलाई तीव्र बनाएको छ।

उपराष्ट्रपति पुनद्वारा मेलम्ची सुरुङ ब्रेक थ्रुको औपचारिक घोषणा (भिडियाे)

उपराष्ट्रपति नन्दबहादुर पुनले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ मार्ग ब्रेक थ्रु भएको औपचारिक घोषणा गरेका छन्।

मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’, साउनमै उपत्यकामा पानी

अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग मंगलबार ‘ब्रेक थ्रु’ भएको छ।

मेलम्चीको सुरुङ निर्माणमा फर्के मजदुर

ज्याला भूक्तानी माग गर्दै हड्तालमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ निर्माणमा संलग्न मजदुर पाँच दिनपछि काममा फर्केका छन्। सुरुङ निर्माणमा संलग्न इटालीयन ठेकेदार कम्पनी सिएमसीले ज्याला दिन बिलम्ब गरेको भन्दै बुधबार साँझदेखि उनीहरु काम रोकेर हड्तालमा उत्रिएका थिए।

दशैंमा राजधानीबासीले मेलम्चीको पानी पाउने, कहाँ कहाँको धारामा आउँछ ?

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ।

मेलम्ची आयोजना अन्तिम चरणमा

अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्