२ मंसिर २०८१ आइतबार
image/svg+xml

मेलम्चीको पानी चैतभित्रै उपत्यकामा आउने

मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो।

मेलम्ची बेथितिमा मन्त्रालयको छानबिन

मेलम्ची खानेपानी आयोजनाले टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई थप रकम भुक्तानी दिएको विषयमा खानेपानी तथा सरसफाइ मन्त्रालयले छानबिन थालेको छ । सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाई आयोजनाले अतिरिक्त रकम भुक्तानी दिएको सार्वजनिक भएपछि मन्त्रालयले सोमबार स्पष्टीकरण सोधेको छ ।

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

मेलम्ची सुरुङ अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो ।

नयाँ वर्षमा सुन्दरीजलमा मेलम्चीको पानी

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो  ।

‘मेलम्चीको आम्दानीबाट २५ प्रतिशत लेबी हामीलाई दिनैपर्छ’

मेलम्चीको पानी उपत्यकामा भित्रिन लागेको छ । निर्माण अन्तिम चरणमा छ । उपत्यकावासीले मेलम्चीको पानी पिउँदै छन् । तर, मुहानवासीले केही पाएका छैनन् । त्यसैले मेलम्चीको पानी वितरणबाट उठ्नेमध्ये २५ प्रतिशत रकम हामीलाई लेबीका रूपमा दिनुपर्ने माग गरेका हौँ । चुनावी अजेन्डामा समेटिएको यो कुरा जसरी पनि लागू गराएरै छाड्ने हो । लेबी पाएका खण्डमा यहाँको विकास गर्न केन्द्रीय बजेटको मुख ताक्नैपर्दैन ।

किन बारम्बार धकेलिन्छ मेलम्ची ?

सुरुङ खनिसकेपछि सुरुङको इन्भर्ट अर्थात् भुइँको ढलान, ‘फिनिसिङ’, ‘गेट भेन्टिलेटर’ निर्माण, ‘अप्टिकल फाइबर’ बिछ्याउने, ‘क्लोज सर्किट क्यामेरा’ अर्थात् सिसिटिभी क्यामेरा राख्ने र ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउने काम बाँकी नै रहन्छन् । यी सबै काम सकेपछि मात्र सुरुङमा पानी हाल्न सकिन्छ ।

अख्तियारले सोध्योः मेलम्चीको धुलो कहिले हट्छ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ।

मेलम्चीले ‘प्रेसर’ जाँचेका स्थान कालोपत्रे

मेलम्चीले पाइप ओछ्याएर ‘प्रेसर’ जाँचेका स्थानमा कालोपत्रे गर्न लागिएको हो । विभागले यी स्थानमा समयसीमा तोकेर कालोपत्रे गर्न लागेको जनाएको छ । उपत्यकाभित्र लामो समयदेखि मेलम्चीको पाइप ओछ्याउन खनिएका सडक मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् ।

मेलम्चीमा १२ करोडको ग्रिन सिटी पार्क

सिन्धुपाल्चोकको सिम्ले बगर (शिखरपुर) स्थित पर्यटन प्रवद्र्धन र वातारणीय संरक्षण अभियानका लागि ग्रिन सिटी पार्क निर्माण हुने भएको छ । नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकाले १२ करोड रुपैयाँ लगानीमा सो पार्क निर्माण गर्न लागेको हो ।

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ।  सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए। धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको मेनका खड्काले गुनासो गरे।

वैशाखअघि आउँदैन मेलम्ची पानी

चौथोपटक सरकारको नेतृत्वमा पुगेपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्गको स्थलगत अवलोकन गर्दै गएको साउन २५ गते मुहानस्थल हेलम्बु पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि पोखे ।

छ महिनापछि उपत्यकामा  मेलम्ची पानी

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १।७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ।

चक्रपथ बाहिर पुग्दैन मेलम्ची

मेलम्चीबाट आएको पानी चक्रपथबाहिरका स्थानमा त पुग्दैन नै । चक्रपथभित्रैका पनि तीन भागमध्ये एक भागमा मात्रै घरघरमा पानी पुग्छ ।

मेलम्ची पाइपलाइन विस्तारको ठेक्का तोड्ने तयारी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य प्रसारण पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआइटिएफसँगको ठेक्का रद्द गर्ने भएको छ। ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्