२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मेलम्ची आयोजनाका गाडीहरु फिर्ता ल्याउन खानेपानी मन्त्रीको निर्देशन

फाइल तस्बिर

काठमाडौं - खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन्। मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भईरहेको गाडी फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन्।

समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी लगिएका थिए। जसमा एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ। बा १ झ ८७५९ नं. को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो। त्यस्तै बा. १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जीप समेत प्रधानमन्त्री कार्यालयमा रहेको छ। मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरु मध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन्। 

बा ८ च ६७६० नं.को टोयोटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा रहेको छ। मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ। अहिले टोयोटा ल्याण्डक्रुजर जीपमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गरेका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा १ झ ८७६३ नं. को प्राडो जीप प्रयोग गरिरहेको छ। प्राधिकरणले २०७० साल जेठ देखि उक्त गाडी प्रयोग गरिरहेको छ।

त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं. को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नं. को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ।खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भईरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको बताएकी छन्।

हेर्नुहाेस् काे काे सँग छ अायाेजनाकाे गाडी :

प्रकाशित: १३ कार्तिक २०७५ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App