८ आश्विन २०८१ मंगलबार
image/svg+xml

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।

बलात्कार र गर्भपतनले निम्त्याएको जटिलता

कलिलो उमेरमै १४ हप्ताको गर्भपतन गराउँदा बालिकाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । रक्तश्राव रोकिएको छैन । गर्भपतन गराएयता बालिका अस्पतालको बेडमै छिन् ।

मीना हत्या प्रकरणः चारजनालाई थुनामा राख्न आदेश

दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन्। जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ। भारत स्थित नेपाली दूतावासका उपनियोग प्रमखु रामप्रसाद सुवेदीका अनुसार दिल्लीको मजनुका टीलामा नुवाकोट दुप्चेश्वर स्थायी घर भएकी मिना तामाङको हत्या भएको हो।

दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना नियन्त्रणमा

युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो।

बिमा रकमकाे लाेभमा पत्नीकाे हत्या

रूपन्देहीमा बिमाबापतको रकमको लोभमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन। जिल्लाको सम्मरीमाइ गाउँपालिका–५ की कुसुम लोधलाइ बिमाको रकम हडप्न पाइने लोभमा आफ्नो भाइको सहयोगमा शैलेशकुमार लोधले हत्या गरेको प्रहरीले जनाएको छ।

भागरथी हत्या प्रकरण: अभियुक्तलाई बाल सुधारगृह पठाइयो

बिद्यालयवाट घर फर्कने क्रममा दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ । भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेशलाई १८ बर्ष भन्दा कम उमेर भएकाले बाल सुधारगृह दिपायल पठाइएको हो । घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका उनलाई जिल्ला अदालत बैतडीका न्यायधिश तिलक बहादुर कार्कीको एकल ईजलाशले मंगलवार सुधारगृह पठाउन आदेश दिएको हो ।

भागरथी हत्या प्रकरण: आरोपितलाई सुधारगृह पठाउन आदेश

अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो।

कर्णालीमा हेलिएर एकाघरका पाँचजनाद्वारा आत्महत्या

दैलेख जिल्लाको आठबीस नगरपालिका–३, निमायलकी ३५ वर्षीया सुकी बडुवालले आइतबार चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। मंगलबार बेलुकासम्म सुकी उनका छोरीहरू १५ वर्षीया कल्पना र १२ वर्षीया सरिता तथा १० वर्षीय छोरा ललितको शव फेला परेको छ। अर्की छोरी पाँच वर्षकी रजनी अझै बेपत्ता छिन्।

महिला दिवसकै दिन चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव फेला

अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका प्रहरीको छ।

बिमा रकम हत्याउने लोभमा श्रीमतीको हत्या

रुपन्देहीमा बिमा बापतको रकमको लोभमा श्रीमानले श्रीमतीको हत्या गरेका छन । रुपन्देहीको सम्मरीमाइ गाँउपालिका ५ की कुसुम लोधलाइ बिमाको रकम हडप्न पाइने लोभमा श्रीमान र देवर मिलेर हत्या गरेको अनुशन्धानबाट खुलेको हो । हत्यामा संलग्न कुशुमका श्रीमान शेलेश कुमार लोध र देवर राजेश कुमार लोधलाइ प्रहरीले पक्राउ गरेको छ ।

हत्या आरोपित १७ वर्षपछि पक्राउ

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

शरीरमा लगाएको सुनको गहना लुट्न ७५ वर्षीयाको हत्या

शरीरमा लगाएको सुनको गहना लुट्न धादिङमा एक वृद्धाको हत्या गरिएको खुलेको छ । हत्या गरिएकी वृद्धा धुनीबेसी नगरपालिका–४ ढुंगेनी बस्ने ७५ वर्षीया सान्नानी सार्की रहेको प्रहरीले बताएको हो ।

तीन महिने छोराको हत्या गर्ने बाबुलाई मानसिक अस्पताल पठाइयो

आफ्नै छोराको हत्या गर्ने बैतडीको पञ्चेस्वर–५का राजबहादुर चन्दलाई मानसिक रोग अस्पताल लगनखेल पठाइएको छ। गत मंगलबार आफ्नै तीन महिने छोराको हत्या गरेका उनलाई जिल्ला अस्पतालका डाक्टरले मानसिक रोगी भएको बताएपछि थप परीक्षणका लागि मानसिक अस्पताल पठाइएको हो।

अवैध सम्बन्धले व्यापारीको हत्या

गत शनिबार मृत अवस्थामा गोदावरी नगरपालिका–५, का ३६ वर्षीय शिवचरण रानाको उनकै प्रेमिकाले हत्या गराएको खुलासा भएको छ । गाउँकै एक विवाहित महिलासँग वर्षौदेखि उनको अवैध सम्बन्ध थियो । रानालाई उनकै सम्बन्धमा रहेकी प्रेमिकाले दुईजना युवक लगाएर हत्या गर्न लगाएको खुलासा भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्