७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।

सुरक्षाकर्मीले गत सोमबार उनका बुवालाई लक्षित गरेर गोली हाने पनि काखमा बसेकी छोरीलाई लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। गोली लागेपछि उनलाई उपचार गर्न अस्पताल लगिएको थियो तर उनको अस्पतालमा नै निधन भयो।

उनका १९ वर्षीय दाजुलाई सुरक्षाकर्मीले पक्राउ गरेर लगेका छन्। फ्रेबुअरी १ मा सेनाले 'कू' गरेर सत्ता हत्याएपछि गोली लागि मृत्यु हुने मन्डालय शहरकी ती बालिका सबैभन्दा कम उमेरको रहेको बताईएको छ।

सेभ द चिल्ड्रेनले अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर मारिएकामध्ये २० जना बालबालिका भएको जनाएको छ। सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा बुधबार बिहानसम्म १ सय६४ जनाको ज्यान गएको बताईएको छ। भने एसिस्टेन्स एसोसिएसन फर पोल्टिकल प्रिजनर्सले मृत्यु हुनेको संख्या २६१ पुगेको बताएको छ।

सेनाले नेत्री आङ सान सू की लगायतका नेताहरूलाई पक्राउ गरेर सत्ता हातमा लिएसंगै त्यसको विरोध जनाउँदै म्यानमारमा दैनिक प्रदर्शन भइरहेको छ। 

प्रकाशित: ११ चैत्र २०७७ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App