८ वैशाख २०८१ शनिबार

दाङ क्षेत्र नम्बर ३ मा एमालेकी ओलीको आग्रता कायमै

८५५ मत गणना गर्दा एमालेकी कोमल ओलीले ३३६ मत प्राप्त गरेकी छिन् भने कांग्रेसका दिपक गिरीले ३२१ मत प्राप्त गरेका छन्।

पूर्वी रुकुममा मतगणना सुरुभएन

सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आई नपुगेका कारण अहिले सम्म पूर्वी रुकुममा मतगणना सुरु हुन सकेको छैन।

रुपन्देहीमा ५ वटै क्षेत्रमा गणना सुरु

रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। रुपन्देहीको क्षेत्र नं. १ मा देवदह नगरपालिकाको भवन शित्तलनगरमा मतगणना सुरु भएको छ।

मोरङ क्षेत्रनम्बर २ मा सर्वदलीय बैठक सम्पन्न

मोरङ क्षेत्रनम्बर २ का निर्वाचन अधिृकत नगेन्द्र केसरी पोखरेलका अनुसार दिउँसो साँढे २ बजे सर्वदलीय बैठक सम्पन्न भएको छ।

मोरङमा मतगणना सुरू

मोरङको क्षेत्र नम्बर ४,५ र ६ को मतगणना विराटनगर स्थित आदर्श माविमा सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्