मोरङको क्षेत्रनम्बर २ मा सर्वदलीय बैठक सकिएको छ। मोरङ क्षेत्रनम्बर २ का निर्वाचन अधिृकत नगेन्द्र केसरी पोखरेलका अनुसार दिउँसो साँढे २ बजे सर्वदलीय बैठक सम्पन्न भएको छ।
बैठकले वेलुका ५ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको पोखरेलले जानकारी दिए। यस क्षेत्रमा प्रतिनिधिभा तर्फ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा एमालेका ऋषिकेष पोखरेलबीच प्रतिश्पर्धा छ।
प्रकाशित: ५ मंसिर २०७९ ०९:२८ सोमबार