रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। रुपन्देहीको क्षेत्र नं. १ मा देवदह नगरपालिकाको भवन शित्तलनगरमा मतगणना सुरु भएको छ।
केहीबेर अघि देखि यो क्षेत्रको मत गणना सुरु भएको हो। यो क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा त्रिभुज चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका नेता घनश्याम भुसाल र तीन दलिय गठबन्धनको तर्फबाट एमालेका छविलाल विश्वकर्मा बिच मुख्य प्रतिश्पर्धा छन्।
रुपन्देही २ मा पनि दिउसो देखि गणना सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको पुरानो भवन बुटवलमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशव थापा सुर्यवंसी र तीन दलीय गठबन्धनबाट एमालेका बिष्णु पौडेल बिच प्रतिश्पर्धा छ।
रुपन्देहीको क्षेत्र नं.३ मा मतगणना दिउँसो २ बजेदेखि सुरु भएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाण र तीन दलिय गठबन्धनबाट राप्रपाका नेता दिपक बोहोरा बिच मुख्य प्रतिश्पर्धा छ। भैरहवाको भैरहवा नमुना उच्च माविमा गणना कार्य सुरु भएको हो।
रुपन्देहीको क्षेत्र नं. ४ मा आज बिहान १० बजेदेखि गणना सुरु भएको हो। मर्चवार स्थित कोटहीमाइ गाँउपालिकाको सभाहल मझगावामा मत गणना भइरहेको छ। यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका प्रमोद यादव र लोसपाका सर्वेन्द्रनाथ शुक्ला बिच कडा प्रतिश्पर्धा छ।
२ बजे सर्वाजनिक गरीएको गणना परिणाम अनुरुप लोसपाका शुक्लाले (साइकल) ९९५ मत सहित अग्रता लिएका छन्। नेपाली काँग्रेसका प्रमोद यादव (रुख) ७२४ मत सहित दोश्रो स्थानमा छन्।
रुपन्देहीको क्षेत्र नं. ५ मा मा पनी १२ बजेपछि मतगणना सुरु भएको हो। यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका भरतकुमार शाह र तीन दलिय गठबन्धनबाट एमालेका बासुदेव घिमिरे बिच प्रतिश्पर्धा छ। क्षेत्र नं. ५ स्थित गैडहवा गाँउपालिकाको कार्यालय भवनमा मतगणना भइहेको छ।
२ बजेसम्मको विवरण अनुरुप : काँग्रेसका भरत कुमार शाहले १ हजार ३ सय मत सहित अग्रता लिएका छन भने एमालेका बासुदेव घिमिरे १ हजार मत सहित दोश्रो स्थानमा छन्।
प्रकाशित: ५ मंसिर २०७९ ०९:३६ सोमबार