५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

चितवनमा त्रिशुलीको नागबेली स्वरुप र राजमार्ग नियाल्दै प्याराग्लाइडिङमा उड्न पाइने

पर्यटकीय गन्तव्य चितवनको सौराहा जंगल सफारीका लागि चर्चित छ। जंगलमा सफारी गर्दै जंगली जनावर हेर्ने त्यहाँ पुगेका जोसुकै पर्यटकको चाहना हुन्छ। त्यही अनुसार त्यहाँ पूर्वाधार पनि तयार छन्। तर, अब चितवनको आकाशमा हवाई गतिविधि पनि गर्न पाइने भएको छ। चितवनमा नयाँ पर्यटकीय प्रडक्टको रुपमा प्याराग्लाइडिङ थपिएको छ। प्याराग्लाइडिङमा उड्ने पाहुनाले त्रिशुली नदीको नागबेली स्वरुप र राजमार्ग हेर्दै रमाउन पाउनेछन्।

प्याराग्लाइडिङः ‘सोलो’ उडानलाई ठाउँ नै भेटिएन

झन्डै तीनमहिनादेखि बन्द रहेको प्याराग्लाइडिङको एकल (सोलो) उडान अझै सुचारु हुन सकेको छैन। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि अझै सुचारु भएको छैन।

पोखराको प्याराग्लाइडिङ : दिनमा तीनघण्टा मात्रै उड्न पाउने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यहाँको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान के हुने भन्ने बारेमा अझै यकिन त भईसकेको छैन।

प्याराग्लाइडिङः शारिरिक समस्या देखिएका पाइलटलाई उडानमा रोक

स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भिर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक समेत लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्