८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बैतडीमा दलहरुले गरे उम्मेदवारी दर्ता

बैतडीमा मुख्य राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलबीच र एमालेले राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेका छन्।

शक्ति प्रर्दशन गर्दै मनोनयन दर्ता (तस्बिरमा)

सर्लाही र रौतहटमा उत्साह पूर्वक दलहरुले उमेदवारी दर्ता गराएका छन्। दुबै जिल्लाका विभिन्न दलहरुले दलबलका साथ शक्ति प्रदर्शन गर्दै सम्बन्धित पालिकामा मनोनयन दर्ता गराएका हुन्।

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र?

माओवादीले सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्नसक्ने सडकको निर्माण गर्ने, सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाउने तथा सञ्चार सुविधाको विस्तार गर्ने विषयलाई केन्द्रमा राखेको छ।

भोट माग्न मात्रै गाउँ आउने नेतासँग खुसी छैनन् मतदाता

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन्।

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ।

ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए

घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिए। एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहोर्‍याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ।

धवलागिरिमा कांग्रेस–माओवादी तालमेल

माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरन थापाले वडा सदस्यमा पनि साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी दिए।

स्थानीय तह निर्वाचनः सुनसान रोल्पा

राजनैतिक दलहरू जनताप्रति उत्तरदायी नभएका कारण ५ वर्षमा हुन थालेको स्थानीय तह निर्वाचन सुनसान छ।

गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी

गृहमन्त्री खाणले आज नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन्।

स्थानीय तह निर्वाचन–०७९ः आज र भोलि उम्मेदवारी दर्ता

निर्वाचन आयोगले दलहरूलाई लैंगिक तथा समावेशी सिद्धान्त आत्मसात् गरी महिलालाई प्राथमिकता साथ उम्मेदवार बनाउन आग्रह गरेको छ।

गठबन्धनबीच स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन्।

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ। निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन्।

निर्वाचन आचारसंहिता पालनामा जोड

आचारसंहिता पालना नहुँदा नागरिकको जनमत मोडिने र वास्तविक जनमत प्रकट नहुनेगरेको सरोकारवालाले बताएका छन्। उनीहरूले आचारसंहिता पालना नहुँदा निर्वाचन अत्यन्त खर्चिलो हुने गरेको पनि जनाए।

स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गरिने

गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गर्ने भएको हो।

एक उम्मेदवारले दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचनको क्रममा एक उम्मेदवारहरुले बढीमा दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने व्यवस्था गरिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्