८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगल धुनसहित आज पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका छन्।

याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्वारा राजीनामाको घोषणा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्ष लड्न ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले राजीनामाको घोषणा गरेका छन्।

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालनका लागि उपसमिति गठन

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न उपसमिति गठन गरेको हो।

निर्वाचनपछि महिला नेतृत्व

महिला नेतृत्वको विकासले मात्र सुशासनमा देखिएको रिक्तता पूर्ति हुन सक्छ। वास्तवमा अहिलेसम्म पुरुष नेतृत्व असफल भएको हो। त्यसैले महिलालाई जिम्मेवारी दिएर अघि बढ्ने हो भने त्यसले नेतृत्वमा रहेको रिक्ततासमेत पूर्ति गर्ने देखिन्छ।

सर्लाही र रौतहटमा गरी ३८ पालिकामा निर्वाचन कार्यालय स्थापना

सर्लाही र रौतहटमा एक साथ निर्वाचन कार्यालयहरु स्थापना भएका छन्। सर्लाहीको २० र रौतहटको १८ पालिका गरी ३८ पालिकामा एकै साथ निर्वाचन कार्यालयको स्थापना गरिएको छ।

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतसहित १० वटै पालिकामा कार्यालय स्थापना

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।

स्थानीय तह निर्वाचनः डोटीमा सत्ता गठबन्धनबीच सहमति जुटेन

उम्मेदवारी दर्ता गर्ने दिन नजिकिए पनि डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न नसकेको हो। सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन पटक–पटक बैठक बसे पनि सहमति जुट्न नसकेको नेताहरू बताउँछन्।

पाँच वर्षपछि मुसहर बस्तीमा नेता पुग्न थाले

स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन्।

अटेर गर्दै कर्मचारी, सूची फेर्दै निर्वाचन आयोग

स्थानीय तह निर्वाचनमा कम्तीमा २ लाख कर्मचारी परिचालन गर्नुपर्ने भएपछि निर्वाचन आयोग अहिले कर्मचारी व्यवस्थापनमा जुटेको छ।

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधवार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहितापालना गर्ने प्रतिबद्धता जनाएका हुन्।

भक्तपुरमा एमालेलाई एउटा वडा सदस्य पनि जित्न दिँदैनौः श्याम बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतले आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) लाई भक्तपुरको एउटा वडा सदस्य पनि जित्न नदिने दाबी गरेका छन्।

एमालेलाई पैसामा खरिद गर्न सम्भव छैन: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन्।

मधेस प्रदेशः पाँच वर्षमा साढे ६ लाख मतदाता थपिए

मधेस प्रदेशमा पाँच वर्षमा छ लाख ६६ हजार २२० जना मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनका लागि यसपाली ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ।

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ।

स्थानीय तह निर्वाचन: धनुषामा तयारी तीव्र

आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिंदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्