२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस प्रदेशः पाँच वर्षमा साढे ६ लाख मतदाता थपिए

मधेस प्रदेशमा पाँच वर्षमा छ लाख ६६ हजार २२० जना मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनका लागि यसपाली ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाता थिए। प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार यस प्रदेशमा  १७ लाख ९७ हजार ९४५ पुरुष मतदाता छन्।

१५ लाख ३३ हजार १५८ महिला मतदाता र ६७ जना अन्य मतदाता गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले बैशाखा ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तका अनुसार  धनुषामा पुरुष दुई लाख ४८ हजार ८४०, महिला दुई लाख १८ हजार ५४२ र अन्य ६ जनासहित कुल चार लाख ६७ हजार ३८८ मतदाता कायम भएका छन्।

महोत्तरीमा पुरुष दुई लाख १२ हजार २०३, महिला एक लाख ७९ हजार ३७३ र १ जना अन्य गरी जम्मा तीन लाख ९१ हजार ५७७ मतदाता कायम भएका छन्। सर्लाहीमा दुई लाख ५७ हजार १३८ पुरुष, दुई लाख १७ हजार २९२ महिला र ९ जना अन्य गरी चार लाख ७४ हजार ४३९ मतदाता रहेका छन्।

सप्तरीमा दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजार ५३२ महिला र २१ जना अन्य गरी चार लाख १२ हजार ४४५ मतदाता छन्। सिरहामा दुई लाख १९ हजार ५६४ पुरुष, एक लाख ९४ हजार ६०० महिला र २ जना अन्य गरी चार लाख १४ हजार १६६ कायम भएको छ।

रौतहटमा पुरुष दुई लाख २२ हजार ९४५, महिला एक लाख ८५ हजार ४६ र १ जना अन्य गरी चार लाख सात हजार ९९२ मतदाता छन्। बारामा दुई लाख ३१ हजार ८२६ पुरुष, एक लाख ९१ हजार ४९० महिला र ११ जना अन्यसहित चार लाख २३ हजार ३२७ मतदाता छन्।

पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ जना अन्यसहित तीन लाख ३९ हजार ८३६ जना मतदाताले मतदान गर्न पाउने छन्। प्रादेशिक निर्वाचन अधिकारी पन्तका अनुसार वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रदेशभरि दुई हजार १६३ मतदानस्थल कायम गरिएको छ भने चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा दुई हजार १६६ मतदान स्थल र तीन हजार ५७७ मतदान केन्द्र थियो। कायम गरिएको मतदानस्थल र केन्द्रअनुसार सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र कायम गरिएका छन्। सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र छन् भने धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र छन्।

महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र कामय गरिएको छ। सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र छन भने रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र छन्। बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र छन् भने पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र काय गरिएको छ।

आसन्न निर्वाचनका लागि निर्वाचन अधिकृतको तालिम सुरु भएको र बैशाख ८ गतेदेखि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारीसमेत भइसकेको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०७९ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App