१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एक उम्मेदवारले दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचनको क्रममा एक उम्मेदवारहरुले बढीमा दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने व्यवस्था गरिने जनाएको छ।

भरिएका दुई वटा मनोनयन पत्रमध्ये एउटा दर्ता गरेर राख्ने र कुनै कारण वस त्यसमा केही त्रुटी भए अर्को प्रयोग गर्न मिल्ने सुविधाका लागि यो व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाश राउतले बताए।

‘केही कारणले एउटा मनोनयनपत्र त्रुटि भए अर्को प्रयोग गर्न मिल्ने प्रयोजनका लागि एक उम्मेदवारहरुले बढीमा दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने व्यवस्था गरिएको हो’ शुक्रबार आयोजित सरोकारवालासँगको छलफलका क्रममा राउतले भने।

यो व्यवस्थाले लेखाइ वा अन्य भूलवस भएको त्रुटीका कारण मनोनयनपत्र दर्ता नहुने समस्याको समाधान गर्ने राउतको भनाइ छ। यता, दल वा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको क्रममा लगिएको जुलुस वा र्‍याली मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालय प्रवेशद्धार भन्दा बाहिर सम्म मात्र लैजान पाउने भएका छन्।

मनोनयनको क्रममा भने उम्मेदवार र प्रस्ताव तथा सर्मथक मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालय सम्म जान पाउने छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले दलहरुलाई आचारसंहिताको पालना गर्न आग्रह गर्दै निर्वाचन कार्यक्रम व्यवस्थापनका बारेमा पनि जानकारी गराएको छ।

‘शिक्षण संस्थाहरुका खेलमैदान वा प्रांगणमा चुनावी आमसभा गर्न पाइन्न’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिक्षण संस्थाहरुका खेलमैदान वा प्रांगणमा चुनावी आमसभा गर्न नपाउने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न यहाँका राजनीतिक दलहरुलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने ‘आचारसंहिताले वर्जित गरेका विषय गर्नै हुदैन, गर्नै पाइदैन।’ मुख्य निर्वाचन अधिकृत राउतले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र उल्लंघन नगर्न राजनीतिक दलको नेतृत्वले जिल्लाभरको आफ्नो संयन्त्र वा निकायमा जानकारी दिनुपर्ने बताए।

उनले मनोनयन कार्यक्रमका लागि तोकिएका दुई दिन दलहरुले आफैं समय निर्धारण गरी सकरभ छिटो मनोनयन प्रकृयामा आइदिन आग्रह गरे। मनोनयनको कार्यक्रम निर्धारित समय अगावै सकिए निर्वाचनका अरु कार्यक्रम अघि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई सहज हुने अवस्था बुझिदिन पनि राउतले आग्रह गरेका छन्।

एक व्यक्ति सोही पदको अर्को उम्मेदवारको प्रस्तावक वा सर्मथक बस्न नहुने एक व्यक्ति सोही पदको अर्को उम्मेदवारको प्रस्तावक वा सर्मथक बस्न नपाउने भएको छ। तर उसले एउटै क्लष्टरको बढीमा ७ जना सम्मको प्रस्तावक वा सर्मथक भने बस्न पाउने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जस्तो की एउटा व्यक्तिले एउटै प्यानलको प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष गरी २, तथा वडाध्यक्षसहित वडाबाट निर्वाचित हुने ५ गरी बढीमा ७ जनासम्मको प्रस्तावक वा समर्थक बस्न पाउने छ। तर सो व्यक्तिले फेरी अर्को सोही पदको प्रस्तावक वा सर्मथक भने बस्न पाउँदैन।

प्रकाशित: ९ वैशाख २०७९ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App