८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचनले छोएन किसानलाई

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पाका विभिन्न राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई गाउँ केन्द्रित गरेका छन् । मंसिर महिना खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने समय भएकाले विभिन्न पार्टीका उम्मेदवारले खेतबारीमै पुगेर मतदातासँग मत मागिरहेका छन्।

निर्वाचनमा खटिएकै कर्मचारीमा मतदाता शिक्षाको अभाव

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनले निर्वाचनका लागि खटिएका कर्मचारीमै मतदाता शिक्षाबारे अन्योल देखिएको उल्लेख गरेको छ ।

निर्वाचन सुरक्षाका लागि नौ सय महिला प्रहरी

चितवनमा निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रमा परिचालन हुने सुरक्षाकर्मीमा नौ सयजना महिला प्रहरी छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा एक हजार ८ सय ९५ प्रहरी र एक हजार ७ सय १० जना म्यादी प्रहरी परिचालन हुनेछन् ।

निर्वाचन सबै तयारी पूरा

पहिलो चरणमा निर्वाचन हुने प्रदेश–४ भित्रका जिल्लाको सबै तयारी पूरा भएको छ । पहिलो चरणमा प्रदेशभित्रका विभिन्न ६ वटा जिल्लामा निर्वाचन हुँदैछ ।

‘निर्वाचनका लागि सीमामा उच्च सुरक्षा’

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा समन्वयका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक बुधबार वीरगन्जमा सम्पन्न भएको छ । नेपालमा आसन्न निर्वाचनका लागि अगावैदेखि सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइने बैठकमा सहभागि दुई देशका सुरक्षा अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

निर्वाचन कार्यालयमा भेटिएको बम निष्क्रिय पारियो

जिल्ला निर्वाचन कार्यालय नुवाकोटको प्राङ्गणमा भेटिएको बम निष्क्रिय बनाइएको छ । मतदान केन्द्रमा परिचालन भएका कर्मचारीलाई मतदानको लागि आवश्यक पर्ने सामाग्री वितरण गर्ने क्रममा शंकास्पद बस्तु फेला परेको थियो ।

अस्पतालको 'बेड'बाट निधिको आह्वान : निर्वाचनमा सक्रिय रहनु होस्

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सक्रिय रहन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। नियमित स्वास्थ्य परिक्षणका क्रम ओम अस्पताल पुगेका निधिलाई चिकित्सकले अस्पतालमै बसेर उपचार गर्न सल्लाह दिएपछि मंगलबार अपील जारी गर्दै लोकतन्त्र रक्षाका लागि काँग्रेसले जित्नै पर्ने उल्लेख गरेका हुन्।

दोस्रो चरणको निर्वाचनको अनुगमनका लागि ७५ सहसचिव खटाइयो

निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि नेपाल सरकारका ७५ जना सहसचिवलाई खटाएको छ।

मतदानकेन्द्र तर्फ जाँदै निर्वाचन कर्मचारी

खोटाङमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिन थालेका हुन्।

निर्वाचनमुखी नागरिक अभियान

परिवारलाई टिकट दिने, पैसासँग जनप्रतिनिधिको तालिका साट्ने अनि गुन्डालाई राजनीतिमा भित्र्याउने रोगबाट नेपाली कांग्रेस, एमाले अनि माओवादी कोही पनि अछूतो नदेखिनुले नेपालको राजनीति मुगाबे पथमा हिँडेको भन्दा अन्यथा नहोला ।

‘निर्वाचनविरोधी जो भएपनि पक्राऊ गर’

प्रधानमन्त्री शेर वहादुर देउवाले ‘निर्वाचनविरोधी काम गर्ने जो भए पनि पक्राउ गर्न’ सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन दिदै प्रधानमन्त्री देउवाले बम प्रहार र विस्फोटको घटनाले शान्तिसुरक्षाको अवस्थाबारे नकारात्मक सन्देश गइरहेकाले तत्काल सुरक्षाकर्मी परिचालन बढाएर वातावरण सुधार गर्न निर्देशन दिएका हुन् ।

निर्वाचनमा दलहरु गैरजिम्मेवार भएः पूर्व एआइजी नवराज ढकाल

नेपाल प्रहरीको ३० वर्षे सेवा पुरागरि निवृत्त भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल निर्वाचन सुरक्षा व्यवस्थापनमा राजनीतिक दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क गर्छन् । अहिले विप्लवले नेतृत्व गरेको पार्टीबाट बाहेक अन्य समूहबाट प्रत्यक्ष सुरक्षा चुनौति देखिएको छैन ।

प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ।  जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ। गएको स्थानिय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको निर्वाचनमा नेतृत्वका लागि वञ्चित गराएका छन्।

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन् ।

निर्धारित समयमै निर्वाचन हुने इराकी प्रधानमन्त्रीको भनाई

इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकको राष्ट्रिय निर्वाचन निर्धारित तालिका अनुसार नै हुने शनिबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्