७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

रसुवा– निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन् ।
जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा वाम गठबन्धनले मोटरसाइकल पार्किङ गर्न लाग्दा विवाद भएपछि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तीन ओटा मोटरसाइकल जलाएका हुन्  ।
घटनापछि बेबारिसे अवस्थामा छाडिएको ७ ओटा मोटरसाइकल र एउटा स्कार्पियो प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक धुब्र सिलवालले बताए ।  
प्रहरीका अनुसार चुनावी प्रचारको लागि गोल्जुङबाट ठूलोहाकु जाने क्रममा वाम गठबन्धनको झण्डा प्रयोग भएको सवारी साधन पार्किङ गर्न नमिल्ने भनेर अबरोध गरेपछि घटना भएको हो । घटना बारे अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित: ४ मंसिर २०७४ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App