८ आश्विन २०८१ मंगलबार
image/svg+xml

काँग्रेसले सबैको अधिकार सुनिश्चित गर्छ : निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्।

निर्वाचन कार्यालयमा राखेको सकेट बम सेनाले निस्क्रिया पार्‍यो

जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।

जिल्ला निर्वाचन कार्यालय धादिङमा बम फेला

जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम फेला परेको छ ।  बम निर्वाचन कार्यालयको गेटमा झोलामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिएको छ ।

निर्वाचनका दिन बिदा दिन आयोगको आग्रह

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने मंसिर १० र २१ गते दुई दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । पहिलो चरणअन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणअन्तर्गत निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन आयोगले शुक्रबार सरकारसँग आग्रह गरेको हो ।

निर्वाचनको लागि ताप्लेजुङमा तीन हजार जनशक्ति परिचालन

ताप्लेजुङमा मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा करिव ३ हजार जनशक्ति परिचालित हुने भएको छ।

ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगा जिल्लामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ।  पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए।

सन्दर्भ निर्वाचन : अलिकति आफ्नै कुरा

२०४८ सालमा भएको देशकै दोस्रो संसदीय आमनिर्वाचनदेखि २०७० सालमा संविधानसभाका लागि दोस्रो पटक गराइएको चुनावसम्म पनि दायाँबायाँ नहेरी नेपाली कांग्रेस पार्टीका पक्षमा मतदान गर्दै आएको हो तपाईँहरूको यस लेखकले । सुखद संयोगले गर्दा मेरी पत्नी पनि कांग्रेसी पृष्ठभूमिको परिवारबाट आएकीले मतदानका हकमा हाम्राबीच मत्यैक्य रहँदै आएको छ ।

राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमा अड्कियो

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश विधेयक एक महिनादेखि राष्ट्रपति कार्यालयमा अड्किएको छ । संसद्को अवधि सकिएको एक साता नपुग्दै कात्तिक १ मा मन्त्रिपरिषद्ले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश विधेयक स्वीकृत गरी प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

मोरङ क्षेत्र नम्बर ५ को निर्वाचन बढी रोचक

निर्वाचनको मिति नजिकिदैं जाँदा मोरङमा चुनावी सरगर्मी बढेको छ । ६ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नम्बर ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।

उम्मेदवार हत्या गरेर निर्वाचन भाँड्न खोजियो : शेरधन राई

पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् प्रदेश सभा भोजपुर क्षेत्र नंम्बर २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका साझा उम्मेदवार शेरधन राईले आफ्नोे हत्या गरेर निर्वाचन भाड्ने षडयन्त्र भैरहेको बताएका छन् । चुनावी सभाका लागि जाने क्रममा मंगलबार बिहान पश्चिीमी टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ६ कोटको गुम्बामा राईको गाडीमाथि बम प्रहार भएको थियो ।

रुसले निर्वाचनमा हस्तक्षेप गरेको बेलायती प्रधानमन्त्री मेको आरोप

बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्म कै सबैभन्दा कडा प्रतिक्रिया दिँदै विभिन्न देशका निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छिन् । बेलायतको राजधानी लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको एउटा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा जगतमा मतभेद सिर्जना गर्न गलत समाचार फैलाइरहेका छन्’ सम्बोधनका क्रममा मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए।

एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल

नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा सो पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई तोकिएको छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक सूचना सम्पे्रषन र सञ्चार समन्वयका लागि रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ ।

स्थानीय निर्वाचनमा जस्तो देखिएन चुनावी रौनक

– निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका मतदाता भने अझै अन्यौलमै छन् । उम्मेदवारका गाउँ केन्द्रित कार्यक्रम भैरहँदा टोपी, टिसर्ट, झण्डा, तुलब्यानर तथा शहर केन्द्रित कार्यक्रम नदेखिँदा चुनावी रौनकता समेत देखिएको छैन् ।

निर्वाचनको मुखमा राष्ट्रपतिको युएई यात्रा

राष्ट्रपति विद्यादेवी भण्डारी मुलुक निर्वाचनमा होमिएका बेला चार दिनको औपचारिक भ्रमणका लागि सोमबार प्रस्थान गर्दै छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्