८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ।  जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन्।

निर्वाचनको सुरक्षा चुनौती

हिंसामाथि विगतदेखि लोकतन्त्रले नै जित्दै आएको छ । २०६४ सालमा हिंसाको जगजगीकै बीच निर्वाचन सम्पन्न भएको र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विभिन्न राजनीतिक समूहको बहिष्कार र बम विस्फोटको आतंक हुँदाहुँदै पनि अत्यधिक मत खसेको विषयलाई बिर्सन हुँदैन । जनताको लोकतन्त्रप्रतिको आस्थालाई कुनै पनि डर, त्रास र धम्कीले सिध्याउन सकिँदैन । त्यति हुँदाहुँदै पनि निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारीचाहिँ सरकारको हो, त्यस्तो वातावरण निर्माण गर्नेतर्फ सरकारको ध्यान तत्काल जाओस् ।

निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार : अध्यक्ष दाहाल

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने बताएका छन्।

ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

मसल र मनि निर्वाचनका चुनौती

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलको अस्वस्थ प्रतिश्पर्धासँगै उम्मेदवारले मतदातालाई प्रभाव पार्नेगरि पैसा वितरण गर्न सक्ने भएकोले सचेत रहन निर्वाचन आयोगले सुरक्षा निकायसँग अनुरोध गरेको छ ।

सेनाको निर्वाचन सुरक्षा कार्ययोजना तयार

प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा सचिव विनोद केसीबीच आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्य योजनाका बारेमा छलफल भएको छ।

सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी (फाेटाे फिचर)

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री हेलिकोप्टरमार्फत हिमाली र दुर्गम पहाडी जिल्लाहरुमा ढुवानी गरिएको छ । मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।

निर्वाचन पर्यवेक्षक मुखदर्शक : हरिविनोद अधिकारी

फ्रिडम फोरमका अध्यक्ष तथा वरिष्ठ पत्रकार हरिविनोद अधिकारीले कतिपय निर्वाचन स्थलहरुमा राजनीतिक दल, मतदान अधिकृत तथा निर्वाचनमा खटिने कर्मचारीको मिलेमतो हुने भएकोले निर्वाचन पर्यवेक्षक मुखदर्शक बन्ने गरेको बताएका छन्।

आमनिर्वाचन २०७४ को सेरोफेरो

आमनिर्वाचनको छेको पारेर देशमा मौजुद प्रमुख राजनीतिक दलहरूका बीचमा विचारधाराका आधारमा जसरी ध्रुवीकरण हुन थालेको छ त्यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु परे पूर्वअनुमति लिन निर्वाचन आयोग आग्रह

निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्नुपरेको खण्डमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

निर्वाचन सामाग्री जाजरकोट पुग्यो

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सामाग्री जाजरकोटमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ९५ प्रतिशत निर्वाचन सामाग्रीहरु र २ लाख ८५ हजार मतपत्रहरु आएको छ।

पहिलो चरणको निर्वाचनको तयारी पूरा: प्रमुख आयूक्त यादव

प्रमुख निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको बताएका छन्।

निर्वाचन पर्यवेक्षण गर्न इयुले ४२ करोड खर्च गर्ने

युरोपियन युनियनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षण सुरु गरेको छ।

निर्वाचनको 'डिजिटलाइज्ड' प्रचार शैली

सुर्खेतकी पत्रकार माया थापालाई केही दिनयता रेडियोको स्टुडियोमा ‘भ्वाइस’ रेकर्ड गर्न भ्याइ–नभ्याई छ । रेडियो सामग्री हैन, उम्मेदवारका प्रचार सामग्री तयार पार्न उनी आफ्नो स्वर दिन्छिन् । ‘तपाईंको स्वरमा मेरो प्रचार बनाइदिनुप¥यो भनेपछि नाइँ भन्न सकिँदैन,’ मायाले भनिन्, ‘आजै पनि दुईजना उम्मेदवारको प्रचार सामग्री रेकर्ड गराइदिएँ ।’

कस्तो होला यो निर्वाचन ?

लोकतन्त्रको विकल्प अहिलेको दुनियाँमा साम्यवाद होइन । हिजोका अन्तर्राष्ट्रिय अभ्यासले यो प्रमाणित गरेको छ । लोकतन्त्र कुनै एउटा पार्टीको पेवा पनि होइन । त्यसैले लोकतान्त्रिक आधारमा भइरहेको निर्वाचनले लोकतन्त्रको विकल्प खोज्ला भनेर अनुमान गर्नु गलत हुन सक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्