८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन पर्यवेक्षण गर्न इयुले ४२ करोड खर्च गर्ने

काठमाडौं- युरोपियन युनियनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षण सुरु गरेको छ।

युरोपेली संसदमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद, प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले पर्यवेक्षण मिसनको शुभारम्भ गरिन्।

'इयु निर्वाचन पर्यवेक्षण मिसन नेपालको नेतृत्व गर्ने अवसर पाउनु ठूलो सौभाग्य हो', उनले भनिन् 'मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको लोकतान्त्रिक विकासको एउटा महत्वपूर्ण चरणकारुमा रहेको छ र हाम्रो उपस्थितिले समावेशी र पारदर्शी निर्वाचन प्रक्रियामा योगदान गर्नेछ भन्ने आशा छ।'

निर्वाचन प्रक्रियाका सम्पूर्ण पक्षहरुको पर्यवेक्षणका साथै नेपालको कानुन र नेपाल हस्ताक्षरकर्ता रहेका लोकतान्त्रिक निर्वाचन सम्बन्धी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतिवद्धतालाई निर्वाचनले कति पालना गरेको छ भनेर मूल्याङकन गर्नु इयु इओएमको कार्यादेश रहेको उनले बताइन्।

६३ जिल्लामा इयुले गर्ने पर्यवेक्षण मिसनका लागि रू ४२ करोड १२ लाख ६० हजार (३.५ मिलियन युरो) खर्च हुने जानकारी जोभ्कोले दिइन्।

कार्तिक ८ गते नेपाल आएको निर्वाचन विश्लेषकहरुको १० जनाको मुख्य टोलीका साथै नेपालभर निर्वाचन सम्बन्धी तयारी एवं प्रचारप्रसारको पर्यवेक्षण गर्न ३८ जना पर्यवेक्षक मिसनमा छन्।

प्रकाशित: २१ कार्तिक २०७४ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App