८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचनका दिन बिदा दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने मंसिर १० र २१ गते दुई दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । पहिलो चरणअन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणअन्तर्गत निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन आयोगले शुक्रबार सरकारसँग आग्रह गरेको हो ।

मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश सरकारी कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने जनाउँदै आयोगले उक्त दिन सरकारी कार्यालय, अद्र्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिन गृह मन्त्रालयलाई पत्र पठाई आग्रह गरेको छ ।

यस्तै  आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिन समेत सरकारसँग आग्रह गरेको छ ।

‘निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने दिनभन्दा तीन दिनअगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्याम्पसमा दुवै चरणको निर्वाचनमा चार–चार दिन बिदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो,’ निर्वाचन अयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित: २ मंसिर २०७४ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App